शैक्षिक सुधारका दुई कार्यक्रम प्रति गौरवबोध छ : उपप्रमुख अनिता लामा

शैक्षिक सुधारका दुई कार्यक्रम प्रति गौरवबोध छ : उपप्रमुख अनिता लामा

कपन अनलाइन

काठमाण्डौ,माघ १५।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले शैक्षिक सुधारका लागि एक हप्ता विचमा भएका दुई कार्यक्रम प्रति गौरवबोध भएको बताएकी छन।

नगरपालिकाको शैक्षिक नतिजा सुधारका लागि कार्यशाला र सामुदायिक विद्यालयका शिक्षकहरुको बृहत सम्मेलनले शैक्षिक उपलव्धि प्राप्तिमा महत्वपूर्ण सहयोग पुग्ने बताउदै उपप्रमुख लामाले दुवै कार्यक्रम निकै उपलव्धि भएको भन्दै खुसि व्यक्त गरेकी छन।

बुढानिलकण्ठ नगरपालिकाले माघ १३ गते  सामुदायिक विद्यालयको कक्षा १०मा अध्यनरत ५०४ जना विद्यार्थीहरुलाई परिक्षाको नतिजा सुधार सम्बन्धि कार्यशाला र माघ १४ गते प्रथम शिक्षक सम्मेलन आयोजना गरेको थियो।

सामुदायिक शिक्षाको स्तर वृध्दि तथा सुधारका लागि विज्ञहरू सहित नगरपालिकाले प्रथमपटक आयोजना गरेको नतिजा सुधार कार्यशालाको  प्रमुख अतिथि राष्ट्रिय परीक्षा वोर्डका महानिर्देशक महाश्रम शर्मा रहेका थिए भने  नेपाल विज्ञान प्रविधि प्रतिष्ठानका अध्यक्ष खगराज बराल शिक्षक सम्मेलनको प्रमुख अतिथि रहेका थिए।

तपाइँको प्रतिक्रिया ।