बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा निशुल्क आँखा जाँच सिविर

कपन अनलाइन

काठमाण्डौ,माघ १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा निशुल्क आँखा जाँच सिविर हुने भएको छ। वडा नं ३ को आयोजनाले तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्रको सहकार्यमा हुने सो सिविर माघ १६ गते हुनेछ।

बुढानिलकण्ठ स्वास्थ्य चौकी चपली घुम्तीमा बिहान १० बजे देखि २ बजे सम्म संचालन हुने सो सिविरमा उपस्थित भएर सेवाको लाभ लिनका लागि  वडा नं ३ का अध्यक्ष आकाश धितालले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।