सरस्वती पुजाको अवसरमा प्रोलिफिक स्कुल र समाज डेन्टलको निशुल्क दन्त शिबिर सम्पन्न

सरस्वती पुजाको अवसरमा प्रोलिफिक स्कुल र समाज डेन्टलको निशुल्क दन्त शिबिर सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,माघ १३।

सरस्वती पूजाको अवसरमा प्रोलिफिक स्कुल र समाज डेन्टलको निशुल्क दन्त शिबिर सम्पन्न भएको छ।

माघ १२ गते बिहीवार सरस्वती पूजा (वसन्त पञ्चमी ) को अवसरमा  प्रोलिफिक स्कुल र समाज डेन्टल ,बसुन्धारा शाखाको आयोजनामा निशुल्क दन्त स्वस्थ्य शिबिर आयोजना गरिएको हो।

काठमाण्डौ महानगरपालिका वडा नं ४ का  अध्यक्ष श्री दिनेश महर्जनले उद्घाटन गरेको सो शिविरमा  ब २०० जना भन्दा बढीले निशुल्क परिक्षणको लाभ लिएका थिए ।

उक्त अवसरमा स सना नानी बाबू तथा सबै कक्षाका विद्यार्थीहरूले आफ्ना उत्कृष्ट नृत्य, गायन कलाहरू प्रर्दशन समेत गरेका थिए र सास्कृतिक कार्यक्रमको संचालन कक्षा १२ बाट अनिता काक्री र सोनिया लामा साथै कक्षा ९ कि जास्मिन खान र निर्जला ले गरेका थिए ।

त्यसैगरी यस बिधालयले मन्टेसरी देखि कक्षा १२ सम्म बिगत २७ बर्ष देखि विद्यार्थीहरूको अध्ययनमा मात्र केन्द्रित नभई उनीहरूको सर्वाङ्गीण विकासको लागि उपयोगी हुने विभिन्न क्षेत्रमा अग्रसर भई प्रतिभा प्रष्फुटनमा निरन्तर लागिरहेको बताउदै  विद्यालयका प्राचार्य  गोपाल बहादुर महतले र्ण कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबै पक्षलाई सस्थाको तर्फबाट धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।