विपुल शिक्षा निकेतन गोकर्णेश्वर ६ को बार्षिक उत्सब तथा सरस्वती पुजा भब्य रुपमा सम्पन्न

विपुल शिक्षा निकेतन गोकर्णेश्वर ६ को बार्षिक उत्सब तथा सरस्वती पुजा भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौं माघ १३। गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयाँबस्तीमा संचालित विपुल शिक्षा निकेतनको   बार्षिक उत्सब तथा सरस्वती पुजाको अवसरमा आयोजित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार बिध्यालय प्राङ्गणमा बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका उप सचिव तथा गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दण्डपाणि  शर्मा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत टेकेन्द्र ढकालगोकर्णेश्वर नगरपालिका  शिक्षा युवा तथा खेलकुद उप शाखा तथा स्रोत ब्यक्ति राम नारायण शाह,युवा गायक तथा मोडेल आशिष सचिन  भेनस नेशनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम,भेनस पब्लिक स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल,बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारी  संचालक बिष्णु प्रसाद लामिछाने, लगायत शिक्षक, अभिभावक र बिधार्थीको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम संचालन बिध्यालय का शिक्षक केशब भुजेलले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि  नेपाल सरकारका उप सचिव तथा गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दण्डपाणि  शर्माले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।बिद्यालयका प्रशासक हर्क बहादुर सुनुवारले स्वागत मन्तब्य राखेको कार्यक्रममा   विपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारीले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।

उनले अहिले हरेक घर घरमा कार पुगे पनि संस्कार पुग्न नसकिरहेको अवस्थामा विपुल शिक्षा निकेतनले शिक्षा सहितको संस्कार सिकाउदै आएको बताए ।उनले सरस्वती पुजाको अवसरमा निशुल्क भर्ना कार्यक्रम समेत राखेको जानकारी दिदै विपुल शिक्षा निकेतनले बिधार्थीको सैद्धान्तिक सँग सँगै सर्वाङ्गगिण विकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी समेत गराएका थिए ।

 लामो समयदेखी शैक्षिक सेवा प्रदान गर्दै आएको विपुल शिक्षा निकेतनले  नियमित पठन पाठन संगै विद्यार्थीहरुको प्रतिभा र सृजनात्मक क्षमता विकासका लागि जोड दिएको बताउदै प्रिन्सिपल मोहन अधिकारीले आगामी दिनमा थप कार्यक्रमहरु ल्याउने जानकारी दिएका थिए । विद्यालयका गतिविधिबारे प्रकाश पार्दै उनले  शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालय नयाँ सोच र कार्ययोजना सहित अघि बढेको बताएका थिए ।

 कार्यक्रममा प्रमुख अतिथिलको रुपमा शुभकामना मन्तब्य राख्दै नेपाल सरकारका उप सचिव तथा गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दण्डपाणि  शर्माले कार्यक्रम सफलताको शुभकामना दिदै शिक्षा क्षेत्रमा निजि बिद्यालयले खेलेको भुमीका निकै महत्वपुर्ण रहेको बताए । शिक्षाको विकासका लागि सबैको साझा चासो आवस्यक भएको भन्दै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका थिए । उनले शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए ।

कार्यक्रममा भेनस नेशनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमका अध्यक्ष  बिपुल शिक्षा निकेतन व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाले उपस्थित सबैलाई धन्यवाद दिदै एउटा असल व्यक्ति बनाउनको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए  । निजि बिद्यालयले देशको शिक्षा क्षेत्रमा पुर्याएको  योगदानको राज्यले कदर गर्नुपर्नेमा जोड दिएका थिए  । बिद्यार्थीका कृयाकलापमा अभिभावकले ध्यान दिनु पर्ने भन्दै शैक्षिक सिकाईको बिषयमा बिषेश ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।   बार्षिक उत्सब तथा सरस्वती पुजाको अवसरमा बिद्यार्थीहरुले बिज्ञान प्रदर्शनी समेत गरेका थिए। उक्त प्रदर्शनीको बार्षिक उत्सबमा सहभागी भएका प्रमुख अतिथि अतिथि अभिभावकहरुले रुची पुर्वक अवलोकन समेत गरेका थिए ।

बिद्यालयले अन्तरनिहित क्षमता प्रस्तुत गर्दै उत्कृष्ठ स्थान हाँसिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत  गरेको  कार्यक्रमका बिशेष अतिथि  गायक तथा मोडेल आशिष सचिनले लोकप्रिय गीत मार्फत भरपुर मनोरंजन प्रदान गरेका थिए ।  त्यसैगरि कार्यक्रममा उक्त बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुले नृत्य, गीत, कबिता मार्फत मनोरंजन प्रदान गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।