बुढानिलकण्ठमा सल्लाहकार मनोनयन वारे “सल्लाह” भएन,प्रमुख सल्लाहकारमा को ?

बुढानिलकण्ठमा सल्लाहकार मनोनयन वारे “सल्लाह” भएन,प्रमुख सल्लाहकारमा को ?

कपन अनलाइन

काठमाण्डौ ,माघ १३।

बुढानिलकण्ठ नगरपालिकामा निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको नौ महिना वित्नलाग्दा पनि सल्लाहकार मनोनयनका वारेमा सल्लाह समेत नभएको चर्चा चलेको छ।

बुढानिलकण्ठ नगरपालिकाको कार्यसम्पादन र योजना निर्माणमा सुझाव र सल्लाह दिनका लागि बिज्ञ तथा अनुभवी ब्यक्तित्वहरुको सहभागीतामा सल्लाहकार मनोनयन गर्ने गरिए पनि त्यसका वारेमा हाल सम्म पनि यस विषयमा कुनै छलफल नगरिएको एक जनप्रतिनिधिले बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको नगर कार्यपालिकाले विभिन्न क्षेत्रका १० जना सल्लाहकार मनोनयन गरिएको थियो।

तर यस पटक सल्लाहकार मनोनयनका वारेमा अहिलेसम्म कुनैपनी औपचारिक छलफल नभएको बताउदै एक वडा अध्यक्षले चाडैं नै यसका वारेमा छलफल र तयारी शुरु हुने अपेक्षा रहेको धारणा राखेका छन।

बुढानिलकण्ठ नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए संगै पार्टीको सहभागीता र भुमिकालाई प्राथमिकतामा राखेका मिठाराम अधिकारीले यस विषयमा पनि सम्भवत पार्टीको सल्लाह र भुमिकाको आशा गरेको हुनसक्ने बताउदै ती अध्यक्षले यसमा प्रमुख भुमिका भने नगर प्रमुख कै हुने बताए ।

नेकपा एमाले बुढानिलकण्ठको कार्यबाहक अध्यक्षमा वडा -१२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईले जिम्मेवारी पाए संगै नगर र पार्टीको समन्वय प्रभावकारी बन्ने अनुमान गरिए पनि हाल सम्म पार्टी कमिटीमा पनि सल्लाहकार मनोनयनका वारेमा औपचारिक छलफल नभएको नगर कमिटीका एक पदाधिकारीले बताएका छन।

पार्टी र नगरपालिकाको सम्बन्धमा  भैंसी देख्दा जोगि डराउने र जोगि देख्दा भैंसी डराउने अवस्था आउनुहुन्न भन्दै उनले नगरपालिकाको अथाह सम्भावना बोकेको मानवश्रोत परिचालन र उपयोगका लागि तत्काल सल्लाहकार मनोनयन  हुनुपर्ने बताएका छन।

प्रमुख सल्लाहकारमा को ?

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख  सल्लाहकार पनि मनोनयन हुन सकेको छैन। नगर प्रमुख,उपप्रमुख र नगरपालिकाको कामलाई सहजीकरण र ब्यवस्थापन गर्नका लागि निकै महत्वपूर्ण मानिने सो पदमा को नियुक्त होला भन्ने चासो अहिले व्यापक बनेको छ।

अन्य सल्लाहकारहरु मानार्थ जस्तै हैसियतमा रहने भएपनि प्रमुख राजनीतिक सल्लाहकारले भने केही विशेष भुमिका निर्वाह गर्ने भएकोले नेकपा एमाले बुढानिलकण्ठमा सो पदमाको जाने ? भन्ने छलफल पनि शुरु भएको छ। आफ्नो भुमिका र राजनीतिक प्रभाव विस्तारको गतिलो मंच मानिने भएकोले धेरै एमाले नेताहरु सो पदमा जानको लागि दौडमा रहेको श्रोतले जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख सल्लाहकारका वारेमा औपचारिक छलफल शुरु नभएपनि सम्भावित व्यक्तित्वहरुका वारेमा भने चर्चा परिचर्चा शुरु भएको छ।

नगरपालिकाको प्रमुख सल्लाहकारमा अहिले नेकपा एमाले नगर कमिटी सचिव तथा वडा नं १३ का निवर्तमान अध्यक्ष श्रीकृष्ण श्रेष्ठको सम्भावना प्रवल रहेको चर्चा चलिरहेको समयमा वडा नं २ का निवर्तमान अध्यक्ष राजेन्द्र खड्का र वडा नं ५ का निवर्तमान अध्यक्ष विजय तामाङलाई पनि सम्भावित रुपमा हेरिएको छ।

त्यस्तै नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ (२ ) का संयोजक राजन कुमार पोखरेल र पुर्व सल्लाहकार भरत पोखरेलको नाममा पनि छलफल हुनसक्ने बताउदै नेकपा एमालेका एक नेताले जो सुकै भएपनि नगरको सुशासन र उदेस्यमा योगदान पुर्याउने व्यक्तित्व चयन हुने जानकारी दिएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।