बाल उद्धार माविले “बालउद्धार ई–बुलेटिन” शुरु गर्यो

बाल उद्धार माविले “बालउद्धार ई–बुलेटिन” शुरु गर्यो

कपन अनलाइन

काठमाण्डौ ,माघ १३।

नेपाल सरकारकाद्वारा नमूनाविद्यालयमा छनोट गरिएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बालउद्धार माध्यमिकविद्यालयले बसन्तपन्चमीको अवसर पारेर बाल उद्धार ई–बुलेटिन सार्वजनिक गरेको छ ।
प्रविधिमैत्री रुपमा बूढानीलकण्ठ नगरपालिकाभित्रका सामुदायिकविद्यालयहरुमाअब्बलमानिएको बाल उद्धार माविले ई–बुलेटिन सार्वजनिक गरेसँगै विद्यालयकाशिक्षक, अभिभावक, विद्यार्थी लगायतशुभचिन्तकहरुमा सूचना र प्रविधिसँगको पहुँचलार्ई थप टेवापुर्याउने देखिन्छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले, ‘शैक्षिक सुधारका लागि विभिन्न नविनतम सीपहरु प्रयोगमा ल्याउँदै शिक्षालाई जीवनसँग जोड्नका लागि विद्यालयले खेलेको अहम् भूमिकाबारे प्रकाश पार्दै श्रीपञ्चमीको अवसरमाविद्यालयले शिक्षक, विद्यार्थी र कर्मचारीहरुको लेखरचनालाई समावेश गरी ई–बुलेटिन विमोचन गरेकोमा खुशीव्यक्त गरेका थिए  ।

त्यस्तै उनले  पहिलो पटक नेपाली संस्करणमा प्रकाशन गरिएको ई–बुलेटिन आगामीमहिनादेखि अंग्रेजी र नेपाली भाषामा पालैपालो गरी मासिक रुपमा प्रकाशन हुने जानकारी समेत दिएका थिए  ।
प्ले ग्रुपदेखिकक्षा १२ सम्मका विद्यार्थीहरु, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिकापदाधिकारीहरु र शिक्षा क्षेत्रका सरोकारवालाहरुको लेख, रचनासहित विद्यालयका आन्तरिक तथा बाह्य गतिविधिहरु समेत ई–बुलेटिनमा समावेश गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले बताए ।
बाल उद्धार माविको वेबसाईट मार्फत पहिलोपटक प्रकाशनथालनीगरिएको ई–बुलेटिनले विद्यार्थी तथाशिक्षकहरुमा लेखनशैली, सीपको विकास र क्षमता बृद्धिमा टेवापुग्ने  विश्वास लिएको बताउदै उनेले  प्रत्येक महिनाको १ गते विद्यालयको वेवसाईट र सामाजिक संजालमार्फत ई–बुलेटिनको सार्वजनिक गरिने जानकारी दिएका छन।
नर्सरीदेखि कक्षा १२ सम्म करीव १६०० विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयमाकक्षा ११/१२ मा ६ वटा संकायहरु (कम्प्युटर इन्जिनियरिङ्ग, विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानून) संचालित रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।