बागमती प्रदेसको मुख्य न्यायाधीवक्तामा बुढानिलकण्ठ-१० का ज्ञानेन्द्र नेपाल नियुक्त

बागमती प्रदेसको मुख्य न्यायाधीवक्तामा बुढानिलकण्ठ-१० का ज्ञानेन्द्र नेपाल नियुक्त

कपन अनलाइन

काठमाण्डौ ,माघ १२।

बागमती प्रदेसको मुख्य न्यायाधीवक्तामा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन।लामो समयदेखि कानुन क्षेत्रमा सक्रिय रहेका अधिवक्ता नेपाललाई बागमती प्रदेशको  मुख्य न्यायाधीवक्तामा नियुक्त गरिएको हो।

नेपालको संविधानको धारा १६० मा उल्लेख भए बमोजिम प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारको रूपमा नियुक्त भएका नेपालले Criminal Cases and Materials विषयमा एल एल एम गरेका छन।

वि.सं. २०७४ साल २३ फागुणमा मुख्य न्यायाधिवक्ताको नियुक्ति पश्चात यस कार्यालयले आफ्नो नियमित कार्य संचालन गर्दै आएको मुख्य न्यायाधीवक्ताको कार्यालयले नेपालको संविधानको धारा १६०(१) र (२) बमोजिम स्थापना भएको यस कार्यालयले चितवन, मकवानपुर, रामेछाप, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपालचोक, दोलखा र सिन्धुली समेतका जिल्लाहरुमा भविष्यमा आईपर्ने प्रदेश नं. ३ अन्तर्गतका सरकारी कार्यालयहरुसँग सम्बन्धित वा यस प्रदेश नं. ३ सरकारसँग सरोकार रहने मुद्दा मामिलाको हकमा प्रदेश नं ३ सरकारको तर्फबाट बहसपैरवी गरी प्रतिरक्षा गर्ने गरेको छ।

तपाइँको प्रतिक्रिया ।