नि:शुल्क भर्ना संगै विविध कार्यक्रम गरि लर्ड्स लाइट एकेडेमीले सरस्वती पुजा मनायो

नि:शुल्क भर्ना संगै विविध कार्यक्रम गरि लर्ड्स लाइट एकेडेमीले सरस्वती पुजा मनायो

कपन अनलाइन

काठमाडौँ, माघ १२ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ  ।सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने भएकाले शैक्षिक संस्थामा विद्यार्थीहरुले महत्वका साथ यो पर्व मनाएका छन ।संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयाबस्तीमा रहेको लर्ड्स लाइट एकेडेमीले पनि सरस्वती पुजाकै दिन पारेर विद्यालयमा निशुल्क भर्ना कार्यक्रम गरिएको थियो । आजको दिनमा विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ। आजको दिनमा लेखपढ गर्न सिकाइएमा राम्रो विद्या आउने जनविश्वास रहिआएको छ। बिध्यालयले आयोजना सरस्वती पुजा बिशेष कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,गोकर्णेश्वर नगरपालिका वडा नं ६ का  वडा सदस्य प्रेम बहादुर खड्का  बिध्यालयका प्रिन्सिपल निराजन आचार्य  लगायत शिक्षक, अभिभावक सहित बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिध्यालयमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सांस्कृति र सांगेतिक प्रतिभा प्रस्तुत गरेर मनोरंजन समेत गरेका थिए ।बाल शिक्षा र बिकासका लागि अध्ययन, अध्यापन, खानपानका अतिरिक्त शारीरिक व्ययाम, खेलकुद र मनोरञ्जन समेतको महत्वलाई समेत विद्यालयले दृष्टिगत गरी विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्दै आइरहेको प्रिन्सिपल निराजन आचार्य को भनाई छ ।

बाल शिक्षा, भौतिक संरचना, खेलकुद, अतिरिक्त क्रियाकलाप लागायत बाल शिक्षा र विकाससँग सम्बन्धित मूलभूत कुराहरुमा अन्तर्रा्ष्ट्रिय मापदण्डको अनुशरण गर्दै आएकोले  लर्ड्स लाइट एकेडेमी स्थापनाको छोटो अवधि मै राम्रो पहिचान स्थापित गर्न सफल भएको छ ।

तपाइँको प्रतिक्रिया ।