फागुन ७ गते कागेश्वरीधाममा ९ औ कागेश्वरी महोत्सब आयोजना हुने

फागुन ७ गते कागेश्वरीधाममा ९ औ कागेश्वरी महोत्सब आयोजना हुने

कपन अनलाइन

काठमाडौं माघ १२।

आगामी फागुन ७ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं  १ कागेश्वरी धाम परिसरमा ९औ कागेश्वरी महोत्सब आयोजना हुने भएको छ । सातै सोहि महिनाको २१ देखी २९ गतेसम्म बिराट महायज्ञको आयोजना समेत गरिने भएको छ । उक्त कुराको जानकारी कागेश्वरी मन्दिर ब्यबस्थापन तथा पर्यटन बिकास समितीका अध्यक्ष मणिराम अर्यालले दिएका छन  ।

पौराणिक,ऐतिहाँसीक तथा धार्मीक महत्वको स्थल कागेश्वरीधामको बिकास तथा प्रचार प्रसार गर्ने उदेश्यले महोत्सब आयोजना आरम्भ गरिएको बागमती प्रदेशका निबर्तमान साँसद रामेश्वर फुँयालले बताएका छन  । सो महोत्सबको  तयारीका लागी स्थानिय तथा सरोकारवाला सँघसँस्थाहरुको सर्बपक्षीय भेलामा फुँयालले उक्त कुरा बताएका हुन् ।

महोत्सबमा स्थिानिय उत्पादन बिक्रिकक्ष, रक्तदान, स्वास्थ शिबिर, साहित्य सम्मेलन, सँस्कृतिक कार्यक्रम तथा कागेश्वरी क्षेत्रको धार्मीक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार लगायतको ब्यबस्था गर्न पनि निबर्तमान साँसद फुँयालले सुझाब दिएका थिए  ।

कागेश्वरी धाम  १ नं  वडाको मात्रै नभएर समग्र कागेश्वरी मनोहरा नगरपालिकाको समेत भएको बताउँदै वडा अध्यक्ष मुकुन्द गजुरेलले महोत्सब ब्यबस्थापन तथा बिराट महायज्ञ सफल बनाउन सबैको उत्तिकै सहयो आबश्यक रहेको बताएका थिए   ।

भेलामा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाकाका सभापती बासुदेब पौडेल, कागेश्वरी मनोहरा जेसिजका सागर रोक्का, शहिद आदर्श क्याम्पसका प्रमुख बिष्णु प्रसाद फुँयाल ल, सिद्धि गणेस माबि बिधालय ब्यबस्थापन समितीका अध्यक्ष राजकुमार थापा, नेपाल रेडक्रस काठमाण्डो जिल्ला शाखा सदस्य लक्ष्मी प्रसाद कुँइकेल लगायतले महोत्सब सफल बनाउन आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बचन दिदै ब्यबस्थापनका तथा कागेश्वरी धामको दिर्घकालिन बिकासका तथा प्रचारका लागी आफ्नो पहल रहने बताएका छन ।

तपाइँको प्रतिक्रिया ।