श्री यज्ञेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ४को नवौ  बार्षिक साधारण सभा समपन्न

श्री यज्ञेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ४को नवौ  बार्षिक साधारण सभा समपन्न

कपन अनलाइन

काठमाडौं, माघ २ । गोकर्णेश्वर नगरपालिकामा वडा नं ४  गोकर्णमा संचालित श्री  यज्ञेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवौ  बार्षिक साधारण सभा समपन्न गरेको छ। सुनगाभा ब्यान्केटमा गत पौष ३० गते शनिबार संस्थाको अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको विभिन्न प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष  राम श्रेष्ठले  प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगती प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

उक्त बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका आर्थिक बिभाग प्रमुख दिपक थापा,  सहकारी अभियन्ता तथा  प्रोस्कुन बागमती प्रदेस सचिब   गोबिन्द काफ्ले,  सहकारी अभियन्ता तथा नेशनल को अपरेटिभ काठमाडौं क्षेत्र नं ३का संयोजक प्रेम बस्नेत मेसको बचत तथा ऋण सहकारी संस्थाका सरोज तिमिल्सिना, संस्थाका पदाधिकारी लगायत संस्थाका सेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संस्थाका व्यवस्थापक प्रकाश मणि पौडेलले संचालन गरेका थिए ।राष्ट्रियगान संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि लगायत बिशेष अतिथिले  दिप प्रज्वलन गरि सभाको  उद्घाटन   गरिएको थियो ।कार्यक्रममा यज्ञश्वरी बचत तथा ऋण सहकारी संस्थाका सचिव सबिता श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन  ।

कार्यक्रममा यज्ञश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष राम श्रेष्ठले आर्थिक   बर्ष को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले विशेष बचत ,आवधिक बचत, नारी बचत, बाल बचत, खुत्रुके बचत जस्ता विभिन्न योजनाहरु संचालन गर्दै आएको छ । भने बिभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउदै आएको छ ।  आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने  समेत बताए । उनले विषम् परिस्थितिमा संस्थाले प्रगति गर्दै आइरहेको बताएका थिए ।  कोषाध्यक्ष अन्जु श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेकी थिइन् भने लेखा सुपरिवेक्षण संयोजक  मोहनकृष्ण श्रेष्ठले  लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा सहकारी अभियन्ता तथा नेशनल को अपरेटिभ काठमाडौं क्षेत्र नं ३का संयोजक प्रेम बस्नेत, प्रोस्कुन बागमती प्रदेस सचिब   गोबिन्द काफ्ले, गोकर्णेश्वर नगरपालिका आर्थिक बिभाग प्रमुख दिपक थापा, प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उनीहरुले निक्षेप र कर्जामा केन्द्रित भएर काम गर्ने हुनाले सहकारीको माध्यमबाट आर्थिक परिवर्तन हुने जानकारी दिँदै राज्यको क्षेत्रबाट सहकारीलाई ध्यान दिन अनुरोध गरेका थिए । सहकारीले सबै किसिमको नागरिकको क्षमता वृद्धिमा सहकारीले ठूलो भूमिका खेल्दै आएको बताउदै उद्यमी बन्न र बनाउन सहकारीले मुख्य भूमिका खेल्दै आएको पनि बताएका थिए। सहकारीसँग भएका असल अभ्यासहरुलाई अन्य सहकारी संस्थाहरुबाट लिन र आफ्नोमा भएका असल अभ्यासहरुलाई पनि अन्य सहकारीमा दिन सञ्चालक समितिलाई अनुरोध गरेका थिए । बर्तमान समयमा सहकारीमा समस्याहरु निरन्तर बढ्दै गइरहेको बताउँदै सरोकारवालाहरुले यस विषयमा विशेष निगरानी गर्नुपर्ने आवश्यकता औल्याउदै बार्षिक साधारण सभाको सफलताको कामना ब्यक्त गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।