तेस्रो इसान प्रिन्सिपल कप फुटसल प्रतियोगिताको उपाधी प्रज्ञा सदन र सेन्ट जोआनेस स्कुललाइ
कपन अनलाइन
काठमाडौं पौष २५ । संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित तेस्रो इसान प्रिन्सिपल कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । इसानका सदस्य विद्यालयमा शिक्षण गर्ने शिक्षकहरू बीच सञ्चालन भएको उक्त प्रतियोगिताको पुरुष तर्फको उपाधि प्रज्ञा सदन स्कुलले जितेको छ भने महिला तर्फको उपाधि सेन्ट जोआनेस स्कुलले जितेका शिक्षकहरूमा आपसी सहयोग र सद्भाव बढाउनका लागि आयोजित उक्त प्रतियोगितामा महिला टिम १४ वटा रहेको थियो भने पुरुष १२ टिम रहेका थिए ।
शुक्रबारबाट लिम्पिया नेशनल स्कुलको फुटसलमा शुरु भएको उक्त प्रतियोगिताको महिला तर्फको खेलमा सेन्ट जोआनेसस्कूल ले एकता जेम्स स्कुललाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि हासिल गरेको हो भने पुरष तर्फ प्रज्ञा सदन स्कुलले एकता जेम्स स्कुललाइ ५-१ गोल अन्तरले पराजित गर्दै उपाधि हासिल गरेको हो। प्रतियोगितामा पुरष तर्फ चिरायु स्कुल तृतीय भएको थियो भने महिला तर्फ रिडर्स इन्टरनेसनल मोडेल स्कुल रिम्स तृतीय भयो ।
प्रतियोगितामा सेन्ट जोआनेस स्कुलकी अरुणा लामाले उत्कृष्ट गोल रक्षकको उपाधि पाइन् भने पुरुष तर्फ प्रज्ञा सदनका गोल रक्षकले प्राप्त गरे त्यसै गरि फेयर प्ले को उपाधि अल्माइटि स्कुलले प्राप्त गरेको छ । प्रतियोगितामा बिजेता उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।
इसानका नव निर्वाचित अध्यक्ष मदनराज रेग्मीको अध्यक्षतामा भएको उक्त प्रतियोगिता उद्घाटन कार्यक्रममा इसानका पुर्व अध्यक्ष परिषदका संयोजक राजकुमार श्रेष्ठ, इसानका सल्लाहकार बालमुकुन्द कार्की, उपाध्यक्ष साधना खतिवडा,कुमार अधिकारी, कोषाध्यक्ष थानेश्वर भुसाल सह कोषाध्यक्ष गुरु प्रसाद लुइँटेल लगायत इसान कार्य समितिका पदाधिकारी सहित सहभागी बिध्यालयका खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम संचालन इसानका महासचिव गणेशप्रसाद खतिवडाले गरेका थिए। शिक्षकहरूमा आपसी सहयोग र सद्भाव बढाउनका लागि आयोजित उक्त प्रतियोगिताको समापन सत्रमा उपाध्यक्ष साधना खतिवडाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालले बिजयी खेलाडीहरुलाई बधाई दिदै स्वस्थ शरीरको लागि खेलकुद आवश्यक रहेको हुँदा नगरपालिकाले खेलकुदलाइ महत्व दिदै आएको बताए। उनले नगरपालिका भित्र खेल मैदान नभएको हुँदा खेल मैदान निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।
खेलकुदले अनुशासन समेत सिकाउने हुँदा शिक्षामा अनुशासनको ठुलो महत्व रहेको समेत बताए । उनले नगरपालिकामा खेलकुदका बिभिन्न कार्यक्रम भइरहेको जानकारी दिदै महिलाहरु समेत फूटबलमा खेल प्रति उत्साहित रहेको पाउदा खुसि लागेको बताए । कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै इसानका नव निर्वाचित अध्यक्ष मदनराज रेग्मीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताले निरन्तरता पाउने बताए ।