दोलखा बैतेश्वर घर भै कपन पैयाटार बस्ने मानिस हराएको सुचना !

दोलखा बैतेश्वर घर भै कपन पैयाटार बस्ने मानिस हराएको सुचना !

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

दोलखा जिल्ला बैतेश्वर गाउँपालिका- १ गैरीमुदीका ४२ वर्षीय रमेश श्रेष्ठ काठमाडौंबाट केहिदिनदेखि बेपत्ता भएका छन् । गहुँगोरो वर्ण, ५.८ फिट उचाई भएका श्रेष्ठ काठमाडौं कपन पयाटार बस्दै आएका थिए ।

उनी कालो ज्याकेट, खरानी सुरुवाललगाएर खाली खुट्टा हिँडेको हुन सक्ने परिवारले जनाएको छ । उनी पौष २० गते बिहान ६ बजेदेखि बेपत्ता भएका हुन् । श्रेष्ठको परिवारले प्रहरीलाई समेत खबर गरिसकेको छ ।

बेपत्ता श्रेष्ठलाई भेट्नुहुने जोकोहीले नजिकको प्रहरी कार्यालय वा ९८४५१००७६२, ९७४९७२०१३५ मा सम्पर्क गरिदिन परिवारको अनुरोध रहेको छ । श्रेष्ठको मानसिक सन्तुलनमासमेत समस्या आएको परिवारले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।