गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता शुरु

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता शुरु

कपन अनलाइन

काठमाडौं, पौष २६ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३३ औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता सोमबार बाट शुरु भएको छ ।  क्लबले प्रत्येक बर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा खेलकुदलाइ समेट्दै आएको र सो लाइ  निरन्तरता दिदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीचको  मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता पौष ३०  गते सम्म चल्नेछ ।

कुल २३ वटा  टिमले  सहभागीता जनाएको  उक्त प्रतियोगिताको सोमबार  एक कार्यक्रमका बीच प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा  जयराम महतले उद्घाटन गरेका हुन। उनले रेफ्रीलाइ  खेल सामग्री प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन। उक्त कार्यक्रममा गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार  गोबिन्द बहादुर श्रेष्ठ,वडा सदस्य राजेश श्रेष्ठ, क्लबका सल्लाहकार राजकुमार श्रेष्ठ,  धुर्ब कुमार श्रेष्ठ,  राज कृष्ण श्रेष्ठ,समाजसेवी ज्ञानकुमार श्रेष्ठ, बिजयकुमार श्रेष्ठ , भगवती युवा क्लबका अध्यक्ष अस्मिता श्रेष्ठ क्लबका पदाधिकारीहरु  सहित खेलाडी तथा खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको  कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष  कमल परियारले गरेका  थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  प्रमुख  अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महतले बार्षिक उत्सबको अवसरमा  आयोजित ब्याटमिन्टन प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए। उनले आगामी दिनमा सो प्रतियोगिता सदस्यहरु बीच मात्र सिमित नराखी वडा र  नगर स्तरीय प्रतियोगिता समेत आयोजना गर्नु पर्नेमा जोड दिदै त्यसमा आफ्नो  र नगरपालिकाले समेत सहयोग गर्ने बताएका थिए ।

भगवती युवा क्लबको  ब्याडमिन्टन कोर्टमा  क्लबका सदस्यहरु बीच आयोजित  मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको पहिलो  उद्घाटन  खेल ग्रुप ए अन्तर्गत कृष्ण केसी र बिनोद राइ, त्यसै गरि जयराम आचार्य र रामहरी श्रेष्ठ तथा किरण कार्की र भैरब तामाङको जोडी बिजयी भएको क्लबले जनाएको छ । प्रतियोगिताको ग्रुप बि अन्तर्गतको खेलमा  धर्मराज दुलाल र अनिल देबकोटाको जोडी, प्रेम कुमार श्रेष्ठ र धुर्ब प्रसाद नापित्को जोडी  बिजयी भएको आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेलाइ नगर पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।