काठमाडौंबाट तातोपानी जांदै गरेको वस सुनकोशी नदीमा खस्यो

 तीनको शव प्राप्त, उद्दार कार्य जारी

काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी जांदै गरेको बा २ ख ३३४७ नम्बरको बस अहिले ११ बजे सिन्धुपाल्चोकको कोठेबाट सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा अहिलेसम्म तीन जनाको शव फेला परेको छ भने अन्यको खोजी र उद्दार कार्य जारी छ । दुर्घटनामा परी धेरै जना हताहत भएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । अहिले प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन् । बसमा ४० यात्रु रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दुर्घटनााको कारण खुल्न सकेको छैन । यसै सन्दर्भमा थप जानकारी दिन सिन्धुपाल्चोकबाट हाम्रा सहकर्मी दिनेश थापा प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया ।