प्रधानमन्त्री पुत्री मानुषीलाई प्रेम प्रस्ताव राख्ने जेलमा

१८ जेठ, काठमाडौ । प्रधानमन्त्री पुत्री मानुषीलाई प्रेमको प्रस्ताव गरेर हैरान गरेका एक युवकलाई मानुषीको उजुरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौले १२ दिनअघि पक्राउ गरि हिरासतमा राखेको छ ।

त्रिभुवन विश्व विद्यालयमा अध्ययन गर्ने पाल्पाका अर्जुनप्रसाद न्यौपानेले फोनबाट मनुषीलाई बारम्बार प्रेम प्रस्ताव राखेका थिए । हैरान भएर मनुषीले प्रहरीलाई मौखिक उजुरी समेत दिएकी थिईन् ।
चिन्दै नचिनेको मान्छेले टेलिफोनबाट प्रस्ताव राख्दा पहिले केहिदिन पन्छाएपनि बारम्बार फोन गरेर प्रेम प्रस्ताव राखेपछी बाध्य भएर प्रहरी गुहारेकी थिइन् । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरि सार्वजनिक मुद्धा अन्तर्गत कारबाही चलाएको छ । उनलाई थप अनुसन्धान गर्ने भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट दुईपटक म्याद थप गरिसकेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मानुषीले मौखिक उजुरीमात्र गरेकी थिईन भने लिखित उजुरी उनका हितैषी अञ्जनाले गरेकी थिईन् । अञ्जनाकै उजुरीका आधारमा न्यौपाने रुद्ध कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
यो समाचार आजको सौर्य दैनिकले छापेको छ ।
तपाइँको प्रतिक्रिया ।