गोकर्ण बचत तथा ऋण सहकारी संस्थाको दशौ र एघारौ बार्षिक साधारण सभा सम्पन्न

गोकर्ण बचत तथा ऋण सहकारी संस्थाको  दशौ र एघारौ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष २५ । गोकर्णेश्वर नगरपालिका वडा नं  ४ मा  संचालित गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको  दशौ र एघारौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत शनिबार   गोकर्णेश्वर नगरपालिका स्थित  नबिल फुडल्याण्डमा उक्त संस्थाको दशौ र एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको हो  ।संस्थाका अध्यक्ष  रोशन बाबु  श्रेष्ठको सभापतित्वमा शनिबार सम्पन्न साधारण सभाले सञ्चालक समितिको विभिन्न प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष  रोशन बाबु श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगती प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

 

 

 

उक्त बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य बिमल ठकुरीको रहेका थिए भने बिशेष अतिथिको रुपमागोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल , गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत  , सहकारी अभियन्ता तथा  प्रोस्कुन बागमती प्रदेस सचिब   गोबिन्द काफ्ले,  जिल्ला सहकारी  संघ संचालक सनोज भट्टराई, युवा नेता तथा  समाज सेवी राजु सुनार, सहकारी अभियन्ता तथा नेशनल को अपरेटिभ काठमाडौं क्षेत्र नं ३का संयोजक प्रेम बस्नेत राष्ट्र बैंकका प्रतिनिधि बाल कृष्ण अर्याल,  विभिन्न् सहकारी संस्थाका प्रतिनिधि  गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी लगायत संस्थाका सेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। राष्ट्रियगान संगै सुरु भएको कार्यक्रममा सहकारीका जन्म दाता F.W रेफ़िइसनको तस्बिरमा प्रमुख अतिथि लगायत बिशेष अतिथिहरुले  माल्यार्पण सहित दिप प्रज्वलन गरि सुभारम्भ  गरिएको थियो ।कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका सचिव महेश्वरी अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठले  बार्षिक  प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

  उनले सिमित साधन र स्रोतलाइ उचित उपयोग गर्दै संस्थको बिगतको तुलनामा सो भूभागको सहकारी क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको  बताए  । उनले सदस्यहरुको आवश्यकतालाइ सहजै पुरा गर्नको निम्ति विभिन्न् बचतका प्रकारहरु ल्याएर ऋण लगानी गर्न संस्था सफल भएको  बताउदै बिगतमा वितरण गर्दै आएको  मुनाफालाई निरन्तरता दिदै  दुवै आर्थिक बर्षको उठ्नुपर्ने ब्याज बाट हिसाब मिलान गरि  १२%शेयर लाभांशलाइ शेयर बोनसको रुपमा वितरण गरिने पनि जानकारी गराए त्यसै गरि उनले  अत्तरखेल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संग एकीकरणको प्रस्ताव समेत पेश गरेको जानकारी गराएका  थिए । १३,३६६,६००.००   सेयर पुँजी रहेको संस्थाले  २६७,९२७,०१६.०० रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले   १८२,७४९,१९५.०० कर्जा लगानी गर्न सफल भएको प्रतिबेदनमा उल्लेख गरिएको  छ ।

 कोषाध्यक्ष हिमाल काफ्लेले कार्यक्रमको उदेश्य माथि प्रकाश  पार्दै कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका  थिए  ।उनले  आजको प्रतिस्पर्धात्मक युगमा परस्पर एक अर्काको सहयोग र सहभागिता बिना उन्नति सम्रिद्दी तर्फ अग्रसर हुन नसकिने बताउदै उन्नति तर्फ अग्रसर हुन् ,सामाजिक विकास गर्न र सामुहिक उत्थानको  लागि सहकारीको माध्यम अति उत्तम प्रमाणित भैसकेको बताए । संस्थालाई यहाँ सम्म ल्याउन बिगतको संचालक समितिको योगदान बर्तमान संचालक समितिको कार्यक्रम र क्रियाकलाप एबम सबै सदस्यहरुको सक्रियताले  मुख्य भूमिका खेलेको बताए। उनले  संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने समेत बताए ।कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका संयोजक बसन्त थापाले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शेयर सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको  थियो  भने उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, लगायतलाइ सम्मान गरिएको थियो । कार्यक्रममा  समाज सेवी राजु सुनार, सहकारी अभियन्ता तथा  प्रोस्कुन बागमती प्रदेस सचिब   गोबिन्द काफ्ले, जिल्ला सहकारी  संघ संचालक सनोज भट्टराई, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत , गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल प्रमुख अतिथि  बागमती प्रदेश सभा सदस्य बिमल ठकुरीले शुभकामना मन्तब्य राख्दै संस्थाको प्रगतिको कामना गरेका  थिए उनीहरुले सहकारीको सिद्धान्त अनुसार सहकारी अगाडि बढ्दै उत्पादनशिल क्षेत्रसँगै व्यवसायिक क्षेत्रमा सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।