तारकेश्वर नगरपालिका वडा नं ३ मा पाँचमानेका एक युवालाई हत्या गर्ने चार जना जेल चलान

 तारकेश्वर नगरपालिका वडा नं ३ मा पाँचमानेका एक युवालाई हत्या गर्ने चार जना जेल चलान

कपन अनलाइन

काठमाडौँ, पौष २५।

तारकेश्वर नगरपालिका वडा नं ३ मा पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई टिपरले ठक्कर दिएर घाइते भएकालाई आक्रमण गरी हत्या आरोपीत ४ जनालाई जेल चलान गरिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंको २ नं इजलासको फैसला अनुसार आरोपीतलाई जेल चलान गरिएको बताइएको छ । प्रहरी बृत बालाजुको अनुसार जेल चलान हुनेमा टिपर चालक शंकर बलामी र हत्यामा सहयोगी विमल बलामी र राहुल बलामी  पूर्वपक्षका लागी केन्द्रिय कारागार चलान भएका छन भने नावालक सहचालक डल्ले बलामी सुधारगृह चलान भएका छन भने  घटनामा खडा गरिएका नक्कली चालक सिन्धुलीका शिव विकलाई १५ हजार  धरौटीमा रिहा गरिएको छ ।

२१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा५ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेका थिए ।

दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरवालाहरु भागेका थिए ।

तपाइँको प्रतिक्रिया ।