भिजन क्लब इन्टरनेसनल द्वारा बिद्यार्थीलाइ जाडोको लागि न्यानो कपडा वितरण

भिजन क्लब इन्टरनेसनल द्वारा बिद्यार्थीलाइ जाडोको लागि न्यानो कपडा वितरण

कपन अनलाइन

काठमाडौं ,पौष २५ । सामाजिक तथा मानवीय सेवा गर्ने उदेश्यका साथ् खोलिएको  भिजन क्लब इन्टरनेसनल  अन्तर्गतको भिजन क्लब अफ काठमाडौँ ले  जाडोको लागि न्यानो कपडा वितरण गरेको छ । आज क्लबले  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ३ दहपोखरीमा रहेको श्री थुंगे डाँडा आधारभूत बिध्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत ट्रयाकशुट वितरण गरेको हो।

आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच भिजन क्लब इन्टरनेसनलका भी सी आइ बिष्णु बहादुर श्रेष्ठको संयोजकत्वमा  उक्त बिध्यालयमा अध्ययनरत  २५ जना विद्यार्थीहरुलाई ट्रयाक शुट वितरण हो ।चीसोका कारण कोही पनि बालबालिकाको पढाई प्रभावित नबनोस भन्ने उदेश्य सहित क्लबले  जाडोको लागि न्यानो कपडा वितरण  गरेको  आयोजकले कपन अनलाइनलाइ जानकारी गराएको छ  ।

कार्यक्रममा भिजन क्लव अफ काठमाडौंको चार्टर  भिसिआई राज कृष्ण श्रेष्ठकोक्लब प्रेसिडेन्ट भी सी आइ  राज कृष्ण श्रेष्ठले  उक्त बिध्यालयमा अध्ययनरत १५ जना बिधार्थीहरूलाई जुत्ता किन्नको लागि  रु ७ हजार ५ सय रुपैया समेत प्रदान गरेका छन ।  जाडो बढेसँगै बालबालिकाहरूलाई प्रदान गरिएको  न्यानो कपडाले निरन्तर विद्यालय आउन सहज हुने आयोजकको  बिश्वास  रहेको छ।  निम्न आयस्तर भएका समुदायका विद्यार्थीले न्यानो कपडा पाएपछि खुशी   हुँदै भिजन क्लब इन्टरनेसनललाइ धन्यवाद दिएका छन ।आज नै भिजन क्लबले नुवाकोट शिवपुरी १ मा रहेको श्री खोले खर्क आधारभूत बिद्यालयमा अध्ययनरत ६५ जना  बिद्यार्थीहरुलाई पनि जाडोको लागि न्यानो कपडा अन्तर्गत ट्रयाक शुट वितरण गरेको आयोजकले जानकारी गराएको छ  ।

 

तपाइँको प्रतिक्रिया ।