मेसको बचत तथा ऋण सहकारी सस्था लिमिटेड गोकर्णेश्वर ८ को १४ औं बार्षिक साधारण सभा सम्पन्न

मेसको बचत तथा ऋण सहकारी सस्था लिमिटेड गोकर्णेश्वर ८ को  १४ औं बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष २५ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित मेसको बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भ्याली भ्यु फेमिली रिसोर्ट जगडोलमा  संस्थाको अध्यक्ष उज्ज्वल थापाको अध्यक्षतामा भएको उक्त साधारण सभामा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्द लाल श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापा वडा सदस्य लक्ष्मी गुरुङ, वडा सदस्य उमेश चालिसे  वडा नं ८ का वडा सदस्य चन्द्रलाल श्रेष्ठ  लगायत  संचालक समितिका पदाधिकारी सहित शेयर धनिहरुको उपस्थिति रहेको कार्यक्रम संचालन इश्वर कुमार चालिसेले गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष उज्ज्वल थापाले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले संस्थाले स्थापना काल देखिनै सहकारीको मूल्य मान्यता र सिद्धान्तलाइ आत्मसाथ गरि अघि बढेको जानकारी गराएका थिए । सामुहिक रुपमा संगठित भएर सहकारीको मुल्य मान्यता र सिद्धान्तको आधारमा काम गर्ने वातावरण सृजना गरि आपसमा मितव्ययीता र परस्पर सहयोगको भावना अभिबृद्दि गर्दे जाने लक्ष्य रहेको बताए ।  उनले समाजका सामाजिक गतिबिधिलाइ मध्य नजर गर्दै संस्था बाट प्रभु रेमिट्यान्स मार्फत पानि बिजुली टेलिफोन मोबाइल रिचार्ज सेवा प्रदान गरिरहेको जानकारी दिदै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतको कार्यक्रम गर्दै आएको जानकारी गराए ।

कार्यक्रममा संस्थाका सचिब संजय पौडेलले सचिबको प्रतिबेदन र लेखा समिति संयोजक प्रसंशा पौडेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेकी थिइन। कार्यक्रममा निर्वाचन  उप समितिको बैठक ले संचालक समिति र लेखा समिति को निर्वाचन प्रयोजनको लागि नन्द लाल श्रेष्ठको संयोजकत्वमा  उमेश चालिसे र प्रकाश मणि पौडेललाइ चयन गरेको थियो ।उक्त समितिले निम्न संचालक समिति र लेखा समितिको निर्वाचन गरको थियो जसको अध्यक्षमा उज्ज्वल थापा  उपाध्यक्ष सरोज तिमिल्सिना, सचिब संजय पौडेल कोषाध्यक्ष मृत्रिका पौडेल, सदस्यहरुमा शैलेन्द्र मान सिंह बस्न्यात, मुकुन्द खत्री, कुन्जन कुमार घिमिरे, आविष्कार सिग्देल, सागर चलिसे  सर्वसम्मत चयन गरिएको थियो।

 

त्यसैगरि लेखा समितिको संयोजकमा प्रशंशा पौडेल, सदस्य बिशुराम पौडेल, सदस्य सरस्वती चालिसे सर्वसम्मत चयन भएका छन । नव निर्वाचित संचालक समिति र लेखा समितिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथिहरुले फुल माला र खादा लगाएर सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।   कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि बिशेष अतिथिहरुले संस्थाको  प्रगतिको कामना गरेका थिए। उनीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न समेत अनुरोध गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।