नेकपा एमाले बुढानिलकण्ठको पूर्ण बैठक माग गर्दै हस्ताक्षर संकलनको तयारी

नेकपा एमाले बुढानिलकण्ठको पूर्ण बैठक माग गर्दै हस्ताक्षर संकलनको तयारी

कपन अनलाइन

काठमाडौँ, पौष २५।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको पूर्ण बैठक माग गर्दै हस्ताक्षर संकलनको तयारी गरिएको छ।

नगर अधिवेसन भएको १४ महिना भन्दा बढी समय वितिसक्दा पनि हाल सम्म नगर कमिटीको बैठक समेत नभएको भन्दै पूर्ण बैठकको माग गर्दै सदस्यहरु विच हस्ताक्षर संकलनको तयारी गरिएको हो।

२०७९ सालको स्थानीय तहको निर्वाचन र संघीय निर्वाचन सम्पन्न भैसक्दा पनि कार्यकारी कमिटीका रुपमा रहेको नगर कमिटीको पूर्ण बैठक बस्न नसक्नु संगठन परिचालन र विस्तारमा देखाइएको चरम उदासिनता रहेको बताउदै नगर कमिटीका सचिवालय सदस्य रबिन्द्र थापा (रवी ) ले दवावका लागि हस्ताक्षर संकलनको तयारी गरिएको जानकारी दिएका छन।

उद्योग ब्यावसायी महासंघ बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष समेत रहेका थापाले निर्वाचनको दौरान र त्यस पश्चात पनि दुई चार जना मात्र बसेर कोठे बैठक शैलीमा संगठन चलाउँदा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको बताउदै सो निर्वाचनको निर्मम समिक्षाका लागि पनि पूर्ण बैठक आवस्यक रहेको धारणा राखेका छन।

२०७४ शालको निर्वाचनमा १ सय भन्दा कम मत अन्तरले पछाडी रहेको नेकपा एमाले बुढानिलकण्ठ २०७४ शालको निर्वाचनमा २७ सय भन्दा बढी मतले काठमाण्डौ क्षेत्र नं ४ मा पछी पर्नुका कारण गम्भीर रुपमा खोज्नुपर्ने भन्दै उनले तुरुन्त बैठक राख्न नेतृत्व संग मौखिक माग गर्दा कुनै सुनुवाई नभएकोले लिखित माग गर्ने तयारी गरेको बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।