SLC परीक्षाफल प्रकाशित, ४७ दशमलव ४३ प्रतिशत उत्तीर्ण

SLC परीक्षाफल प्रकाशित, ४७ दशमलव ४३ प्रतिशत उत्तीर्ण

भक्तपुर, ४ असार । गत वर्ष २०७१ को प्रवेशिका परीक्षाको नतिजा केहीबेरअघि सार्वजनिक भएको छ ।

परीक्षामा नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर ले जानकारी दिनुभयो । प्राप्त नतिजाअनुसार कुल उत्तीर्ण संख्या एक लाख ९२ हजार २६७ रहेको छ ।
यस्तै, विशिष्ट श्रेणीमा २१ हजार २४७, प्रथम श्रेणीमा ९० हजार १७६, द्वितीय श्रेणीमा ७६ हजार ४८२ र तृतीय श्रेणीमा चार हजार ३६२ जना उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ विद्यार्थी उत्तीर्ण भएका थिए ।

images (4)

परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक सकिएपछि अहिले सानोठिमीस्थित शिक्षा विभागको हलमा पत्रकार सम्मेलन भइरहेको छ ।

विसं २०७१ को नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५ ले आवेदन दिएकामा चार लाख ५३ हजार ३८ ले परीक्षा दिएका थिए । पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार २८८ विद्यार्थी सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।