अखिल क्रान्तिकारीको सहकार्यमा शिल्पी थिएटरमा नाटक ‘ज्ञानको चिहान’

अखिल क्रान्तिकारीको सहकार्यमा शिल्पी थिएटरमा नाटक ‘ज्ञानको चिहान’

कपन अनलाइन

काठमाण्डौ ,पुस १८।

शिल्पी थिएटरमा नाटक ‘ज्ञानको चिहान’ मञ्चन भइरहेको छ। पुस १३ गतेदेखि नाटक मञ्चन भएकाे नाटकमा शैक्षिक क्षेत्र भित्रका विसंगतिलाई मध्यनजर गर्दै पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई  समेटिएको छ।

सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले निम्त्याएको समस्या, विश्वविद्यालय भित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटेर तयार गरिएको नाटकलाई संगीत सापकोटाले निर्देशन गरेका हुन्। नाटकमा १९ जना पात्रहरू रहेका छन्।

नाटकमा सौभाग्य सिंह राई, विशाल देवकोटा, सुचित्रा उप्रेती, उन्नत जङ्ग उप्रेती, नवीन अर्याल, दिपेश काफ्ले, सञ्जित प्रताप मल्ल, नवीन प्याकुरेल, सुनिल तामाङ, अर्जुन दुलाल, विकाश लामा, मौसम खड्का, श्रवण सिंह रानामगर, आनन्द महत, आशिष घिमिरे, निशान खत्री, सुन्दर धिताल, प्रितिशा अधिकारी, पूर्णबहादुर गन्दर्वलगायत कलाकारको अभिनय छ।

अखिल क्रान्तिकारीको सहकार्यमा कलाशी प्रोडक्सनले प्रस्तुत गरेको नाटक पुस ३० गतेसम्म मञ्चन हुनेछ।

तपाइँको प्रतिक्रिया ।