विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउन लागेको भन्दै शंखरापुर ३ बोझनीमा स्थानीयको विरोध

विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउन लागेको भन्दै शंखरापुर ३ बोझनीमा स्थानीयको  विरोध

कपन अनलाइन

काठमाडौँ पौष १८  ।  विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउन लागेको भन्दै काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझनीमा स्थानीयले विरोध गरेका छन् ।४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउदा राज्यले औपनिवेशिक लादेको र करिब २ सय रोपनी जग्गा अधिग्रहण गरेर त्यहाँका  रैथाने समुदायलाई विस्थापित पार्न खोजिएको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

 ६ सय भन्दा बढी घरधुरीमा रहेका आदिवासी तामाङ समुदाय (२९ हजार जनसंख्या) हरु २ सय रोपनीभन्दा बढी जमिन अतिक्रमण हुने भएपछि आफ्नो थातथलो बचाउन अहिले फेरि विद्रोहमा उत्रिएका छन् । आइतबार सरकारका तर्फबाट सुरक्षाकर्मी नै खटाएर सबस्टेसन बनाउन खोजिएपछि बोझनीमा स्थानीय र प्रहरीबीच विवाद  भएको थियो । विवादमा प्रहरीले त्यहाँका २ जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयमान वाइबा र राजमान स्याङ्बो रहेका छन् । स्थानीयले सरकारले उपयुक्त वातावरण नबाइ स्थानीयलाई विस्थापित गर्न खोजे अमान्य हुने भन्दै विरोध जारी राखेका छन् ।

फोटो सौजन्य : प्रेम लामा

 

 

तपाइँको प्रतिक्रिया ।