माओवादीको विवाद चुलिँदै, पार्टी फुट्न सक्ने सम्भावना

१८ जेठ, काठमाडौ । माओवादी पार्टीभित्रको विवाद चुलिँदै गएको छ । संस्थापन पक्षले गरेको हरेक निर्णय, बैठकलाई लत्याएर हिड्ने गरेको वैद्य पक्षले आजको केन्द्रिय समितिको बैठकमा पनि उपस्थित नहुने जनाएको छ । वैद्य पक्षले आज नै आफ्नो पक्षको छुट्टै केन्द्रिय भेला गर्न लागेको वैद्य पक्षिय नेताहरूले बताएका छन् ।

माओवादीमा बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएदेखी सुरू भएको चर्काचर्कीले पार्टीलाई फुटको संघारमा ल्याएको विश्लेषण पनि गरिन थालेको छ । आज हुने भनिएको  माओवादी केन्द्रिय बैठकका बारेमा आफूहरूलाई कुनै जानकारी नभएको बताउने वैद्य पक्षले संस्तापन पक्षको केन्द्रिय बैठकलाई ‘काउन्टर’ गर्न आफ्नो पक्षको केन्द्रिय भेला गर्न लागेको बुझीएको छ ।
यसरी एक पार्टी र समानान्तर दुई बैठकले पार्टी दुई टुक्रा भइसकेको अनुमान गर्न सकिन्छ । संविधानसभा रहँदासम्म पार्टी फुटाउन ४० प्रतिशत सभाषद् चाहिने बाध्यात्मक परिस्थितिको संविधानसभाको विघटनपछी अन्त्य भएका कारण वैद्य पक्षले पार्टी फुटाउने सम्भावना बलियो बन्दै गएको छ । वैद्य पक्षले पार्टी र सरकारले गरेको हरेक निर्णयलाई नकारात्मक रूपमा लिने गरेकोले पनि वैद्य पक्षले पार्टीमा नरहने मौन घोषणा गरेको बुझिन्छ । यदी पार्टीभित्र रहन चाहने हो भने पार्टीका केही सकारात्मक निर्णयलाई त सकारात्मक रूपले लिनपर्थ्यो तर त्यो कतै कुनै भागबाट पनि देखिएको छैन् । भट्टराईले सरकारको नेतृत्व सम्हालेदेखी रूष्ट वैद्य पक्षले अब भने पार्टी फोड्न सक्ने अड्कलबाजीहरू बढ्दै छ भने सम्भावना पनि त्यतिकै बलियो छ ।
तपाइँको प्रतिक्रिया ।