भोट देऊ भन्न आयो : कविता दाहाल (कविता )

भोट देऊ भन्न आयो : कविता दाहाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस १६ ।

रित्तो बनाई फल सबै बोट देऊ भन्नआयो ।
दिनै पर्छ चन्दा अब नोट देऊ भन्नआयो ।।

हाड र छाला मात्र छन् यहाँबाँच्न देऊ भन्दा
अझै म¥या छैनौ मलाई भोट देऊ भन्नआयो ।।

न्यायमाग्नभनि उस्कै दैलो पुग्ने सँग
न्यायाधीश मै हुँकालो कोट देऊ भन्नआयो ।।

मान्छे मात्र लुटेकोले पुगेन रे उस्लाई
भेटी पुरा पाईन मन्दिर मोठ देऊ भन्नआयो ।।

तिमीलाई पाल्नगारो भयो सक्तिन म भन्दा
जिब्रो काट्दा आवाजआयो ओठ देऊ भन्नआयो ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।