राजनीति : पवनकुमार बुढाथोकी (कविता )

राजनीति : पवनकुमार बुढाथोकी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस ९ ।

नेताहरू धमाधम
आफ्नो गाउँ चिन्न थाले
हिजो सम्म नमस्ते
समेत नफर्काउनेहरु
जनतासङ्ग कुममा कुम मिलाई
हिंड्न् थाले !
यो गर्देउ न, उ गर्देउ भनेर
जनताले सहयोग माग्दा
मुन्टो बटार्नेहरू
कोट्याइ कोट्याइ सोध्न थाले !
आफन्त बाट समेत
शक्ति र पदमा पुगेपछि टाढिनेहरू
के गर्नु छ मैले भनेर
सोध्न थाले !
जो कोहिलाई होस
गरि खाने हो भने स्वदेसमा
त्यति सहज छैन
युबाको जोस जाँगर र उत्साह
नेपालका नदीहरू छिमेकीहरू कहाँ
बिना रोकतोक र नियन्त्रण
बगेर पसारो पर्देर खेर गएझैँ
खेर गैरहेको छ
स्वदेसमै उपयोग हुन सकेको छैन
नढाँटी भन्दा
कोहि कसैको पनि मुहार
हँसिलो रसिलो र रौनकले
भरिएको छैन !
युवाहरूले त झनै
गरिनै खाने हो भने
जिन्दगीका जिजीविषा पुरा गर्न
घाम पानी आँधि हुरीको प्रवाह नगरी
अन्यत्र नताकी धर छैन
स्वदेशमा त छ भने
झण्डा, नारा जुलुस र
सभा सम्मेलनमा प्रवचन भाषण
मात्रै छ
यसै गरि गरि
सबैका कान टट्टाईसके
उहि कुरा दोहोराई तेहराई
सुन्दा सन्दा …!
यहाँ बनेका कानुन
निति नियमकै पनि
सबैलाई त त्यतिसारो भर छैन
छ भने केहिका लागि
आफैलाई जोखिममा धरौटी राख्ने आट गरे
स्वदेश हैन, विदेश छ !
सबैका लागि त
केवल राजनीति छ
राजनीतिमै चुर्लुम्म डुबेको छ देश
यो नै सम्मुन्नत प्रगतिशील
प्रजातान्त्रिक रुपले फस्टाएको छ
मौलाएको छ
यो नै टाठाबाठाका एक मात्र भुँडि भर्ने
भरपर्दो पेशा
बाँकी अरूका लागि भने केवल स्वयंसेवा !
यो राजनीति चैँ
सबैको लागि सर्व सुलभ बनेको छ
ब्यापार बनेको छ
नाफा नोक्सानको माध्यम बनेको छ
थाहा छैन
नाफा खाने नाफैमा रहिरन्छन कि
या उनिहरुले पनि अरुले झै घाटानै
ब्यहोर्छन !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।