वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

कपन अनलाइन

काठमाण्डौ ,पुस ५।

वलिउड अभिनेता विवेकओवरायले अन्नपुर्ण केबलकारको भ्रमण गरेका छन ।

गतबुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन् ।उनले  परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोट सम्मयात्रा गरेका हुन् ।

ओवरायले  केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दूश्यहरुबाटअत्यन्त आनन्दको अनुभव भएको सुनाएका थिए  । अभिनेता ओवरायलाई अन्नपूर्ण केबुरकारका बजार प्रबन्धकअरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए  ।
करिब एक वर्ष अधिपोखराको सेदि देखि साराङ्कोट सम्म सञ्चालनमा आएको अन्नपूर्ण केबरलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तब्य बनेको छ ।

केबुलकार विहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुदाँसाराङ्कोट बाट सूर्याेदय हेर्न जाने पर्यटकहरुका लागि समेत थप सहज भएको छ ।

तपाइँको प्रतिक्रिया ।