जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताको सर्किट–२ मा छ नेपाली खेलाडीको विजयी सुरुआत

जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताको सर्किट–२ मा छ नेपाली खेलाडीको विजयी सुरुआत

कपन अनलाइन
काठमाडौं, पुस ५  ।
नेपालका छ खेलाडीले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट– २ को पहिलो दिन सोमबार विजयी सुरुआत गरेका छन् । सिंगल्सको ब्वाइजमा ४ तथा गल्र्समा २ खेलाडीले जितका साथ यात्रा प्रारम्भ गरेका हुन् । पहिलो दिन ब्वाइजमा ८ र गल्र्समा ६ खेलाडीले नेपालको चुनौती पेश गरेका थिए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा नेपालका निशाद जोशीले भारतका सञ्जय गिरिश कुमारलाई ६–२ र ६–१, नेपालका दर्शिल श्रेष्ठले भारतका पुकाजसेभेल प्रकाशलाई ६–० र ६–०, नेपालका बोरिस अधिकारीले भारतका तनिस रेडी भुन्द्यालालाई ६–२ र ६–० तथा नेपालका वृजेश अर्यालले भारतका आदित्य सिंहलाई ६–२ र ६–१ ले पराजित गरे ।
सोही स्पर्धाको अन्य प्रतिस्पर्धामा भारतका पार्थ सानेले नेपालका आद्रित नेपाललाई ६–२, १–६ र ६–१, हङकङका यु हिन वोङले भारतका अविर श्रीवास्तवलाई ६–२ र ६–१, बंगलादेशका नसफ अहमद नासिर अहमदले नेपालका शास्वत वज्राचार्यलाई ६–० र ६–०, भारतका इशान बडाकीले नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–०, भारतका भिभान मिर्धाले यमनका हमुद इयादलाई ७–६ (२), ३–६ र ६–३, हङकङका कि छियोन मोरिस ताङले भारतका किशोर श्रीरामलाई ६–१ र ६–१ तथा भारतका अर्श वाल्केले नेपालका असभसम्राट हाडालाई ६–२ र ६–४ ले हराए ।
नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी स्वस्तिका विष्टले क्यानाडाकी सिमोन्टिनी पाललाई ६–१ र ६–२ तथा नेपालकी जेनी खड्काले भारतकी प्रेरणा सन्ट्राललाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाए ।
त्यस्तै माल्दिभ्सकी नबा निशानले क्यानाडाकी नोराह चौधरीलाई ६–२ र ६–२, ओमानकी आइशा अल बुसाइदीले भारतकी मेगालाइ प्रकाशलाई ६–० र ६–१, भारतकी सान्भी रेडी भुन्द्यालाले नेपालकी समृद्धि महर्जनलाई ७–५ र ७–५, भारतकी तनिशा भत्नागरले नेपालकी प्राज्ना मानन्धरलाई ७–६ (४) र ६–४, भारतकी सराह चौधरीले नेपालकी निभा श्रेष्ठलाई ६–० र ६–० तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी शिभाली गुरुङलाई ६–३ र ६–४ को सेटमा पन्छाए ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले निर्णायक प्रवीण नायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

तपाइँको प्रतिक्रिया ।