गोकर्णेश्वर – ३ को तारेभिर महोत्सव व्यवस्थापन गर्न उपभोक्ता समिति गठन गर्ने बारे सार्वजनिक सुचना

गोकर्णेश्वर – ३ को  तारेभिर महोत्सव व्यवस्थापन गर्न उपभोक्ता समिति गठन गर्ने बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ पौष ४ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले  तारेभिर महोत्सव व्यवस्थापन गर्न उपभोक्ता समिति गठन गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष  मुरारी प्रसाद कुइकेलले जारि गरेको सार्वजनिक सुचनामा २०७९ साल माघ १ गते हुन गइरहेको तारेभिर महोत्सवको लागि गोकर्णेश्वर नगरपालिकाको चालु आर्थिक बर्ष ०७९/०८० को वडा स्तरीय अन्तर्गत सामाजिक विकास तर्फको क्रम शंख्या ५ मा उल्लेखित माघ १ गते तारेभिर महोत्सव शिर्षकमा विनियोजित गरिएको चार लाखको तारेभिर महोत्सव व्यवस्थापनको लागि कार्य गर्न २०७९ साल पौष ८ गते शुक्रबार बिहान ८ बजे तारेभिर आधारभूत बिध्यालय प्राङ्गणमा उपभोक्ता समिति गठन गर्नुपर्ने भएकोले सो उपभोक्ता समिति गठन गर्नुपर्ने भएको हुँदा उक्त उपभोक्ता समिति गठन प्रक्रियामा सहभागी हुन वडाका आम उपभोक्ता वडाबासीलाइ सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।