नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं वार्षिक साधारणसभा सम्पन्न

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले १५ औं वार्षिक साधारणसभा सम्पन्न

कपन अनलाइन
काठमाडौं, पुस ३।

नवोदय बहुउद्देश्यीय सहकारी संस्था बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा भएको  साधारण  सभामा संस्थाको तर्फबाट बार्षिक प्रतिबेदन, भावी निति तथा कार्ययोजनाका साथै आर्थिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरी पारित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिबुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सहकारी क्षेत्रमा हाल देखिएको समस्या र समाधानको लागि संचालक समिति बिषेश चनाखो एवं सचेत हुनुपर्ने धारणा राख्दै एक ब्यक्ति एक सहकारीको अवधारणमा सहकारी संचालन हुनपर्ने बताएका थिए।

पुष्पलाल मेमोरियल कलेजका निर्देशक केदारराज पुडासैनी, बुढानीलकण्ठ नगरपालिकाका प्रबक्ता तथा बुनपा १० का अध्यक्ष नवराज भट्टराई, लाइफ भिजन साकोसका अध्यक्ष छबिरमण आचार्य, सप्तदेव साकोसका अध्यक्ष बालकृष्ण भट्टराई, सिन्धु काठमाडौं साकोसका अध्यक्ष चन्द्रप्रकाश आचार्य, उमङ्ग साकोसका सचिब सन्तोष चौलागाईं लगायतको उपस्थितिमा भएको साधारण सभामा गायक सुर्यमणी आचार्यको बिभिन्न सांगितिक प्रस्तुती दिएका थिए।

संस्थाका प्रबन्धक शंकर प्रसाद आचार्यले संस्था समुदाय तथा सदस्य केन्द्रित भई सदस्यहरुको आर्थिक विकास र समृद्धिको लागि अघि बढिरहेकोे बताउदै  संस्थाको बार्षिक प्रगति बिवरण तुलनात्मक रुपमा बृद्धि हुदै गएको र संस्थाको बित्तिय अवस्था समेत मजबुत रहेकोले सदस्यहरुलाई ढुक्क भएर संस्थामा कारोबार गर्न आग्रह गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।