कतारमा जारी फिफा विश्वकपमा तेस्रो भयो क्रोएसिया

 कतारमा जारी फिफा विश्वकपमा तेस्रो भयो क्रोएसिया

 

कपन अनलाइन 

दोहा, पौष ३।   कतारमा जारी फिफा विश्वकप २०२२ मा  मोरक्कोलाई  लाइ पराजित गर्दै  क्रोएसिया  तेस्रो भएको छ ।शनिबार खलिफा रंगशालामा सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा मोरक्कोलाई २–१ गोलको नतिजमा पराजित गर्दै क्रोएसिया तृतीय भएको हो  । क्रोएसियालाई जित दिलाउन जोस्को भार्डियोल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरक्कोका असरर्फ दारीले एक गोल गरे ।

खेलको सातौं मिनेटमा भार्डियोलले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट नबित्दै मोरक्कोका दारीले बराबरी गोल फर्काए ।पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा ओर्सिचले गोल गर्दै क्रोएसियाको अग्रता २–१ बनाएका थिए। सोहि अग्रता खेलको अन्त्यसम्म कायम राख्दै क्रोएसियाले  जित हासिल गरेको हो ।

तपाइँको प्रतिक्रिया ।