नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ मा अन्तर्घातको चर्चा, कसले गरे कारवाहीको माग ?

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ मा अन्तर्घातको चर्चा, कसले गरे कारवाहीको माग ?

कपन अनलाइन
काठमाडौं, पुस ३।

नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ४( २) को आयोजनामा भएको  बधाई तथा धन्यवाद कार्यक्रममा स्थानीय तह ,प्रदेस र प्रतिनिधि सभा निर्वाचनमा भएको अन्तर्घातको विषय उठेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा,काठमाण्डौ क्षेत्र नं ४ (१ ) बाट निर्वाचित प्रदेस सभा सदस्य श्रीराम लामिछाने तथा समानुपातिक तर्फबाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित मिना पराजुली र याङ्किला शेर्पालाई बधाई ज्ञापन गरिएको सो कार्यक्रममा वक्ताहरुले अन्तर्घात र कारवाहीको कुरा उठाएको  नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ४( २) का सचिव मनोज सिग्देलले बताएका छन।

नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ४( २)  का सभापति रामप्रसाद लुइँटेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस काठमाण्डौ जिल्ला समितिका सचिव  इन्द्रबहादुर थापाले स्थानीय तहको निर्वाचनमा  बुढानीलकण्ठ नगरपालिकाको वडा नं.२,९ र ११ मा  वडाध्यक्ष मात्र किन गुमाउनु पर्यो ? भन्ने प्रश्न गर्दै अन्तर्घात भएकोले सुक्ष्म अध्ययनको आवस्यकता रहेको धारणा राखेका थिए

त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्र नं ४ का  सभापति श्यामकृष्ण संगतले पार्टीकै माथिल्लो स्थान ओगटेका केही नेता तथा कार्यकर्ताको असहयोग गरेका कारण स्थानीय तहमा हार भएको भन्दै त्यस्ता कार्यकर्ता र नेता दुवैलाई कारवाही गर्नुपर्ने र गरिने बताएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गगन कुमार थापाले निर्वाचनमा अहोरात्र खटेर आफूलाई विजयी गराउन सफल भएकोमा धन्यवाद दिदै काठमाण्डौ क्षेत्र नं ४ मा पहिलो पटक नेपाली कांग्रेस समानुपातिक तर्फ पहिलो पार्टी बनेकोमा र क्षेत्रका ३३ वटै बुथमा अग्रता कायम हुनु सबै नेता ,कार्यकर्ता तथा मतदाताको मेहेनतको फल भएको धारणा राखेका थिए।

नेकपा एमालेमा पनि निर्वाचनमा घत अन्तर्घातको विषयले औपचारिक छलफलमा स्थान पाएर छानविन समितिको माग समेत उठेको समयमा नेपाली कांग्रेसका नेताहरुले अन्तरघातीहरुलाई कारवाहीको माग गरेपछि क्षेत्र नं ४ को राजनीति निकै तरंगित बनेको छ।

नेकपा एमाले विभाजित भएको अवस्थामा पनि बुढानिलकण्ठ नगरपालिकाका ८ वटै वडा अध्यक्ष गुमाएको नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ मा अन्य निर्वाचन भन्दा स्थानीय तहमा भएको पराजयको प्रश्न निकै पेचिलो बन्दै गएको नेपाली कांग्रेसका एक क्षेत्रीय सदस्यले बताएका छन।

स्थानीय,प्रदेस र प्रतिनिधि सभामा आएको परिणामको वारेमा राजनीतिक दल र जनस्तरमा गम्भीर समिक्षा चलिरहेको समयमा काठमाण्डौ क्षेत्र नं ४ मा “TWO T”  र  “दाजु भाई” जस्ता विषयले  पनि राजनीतिक वृतमा निकै अर्थपूर्ण चर्चा बटुली रहेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।