इसान कागेश्वरी नगर समितिको एकदिने शिक्षक तालिम सम्पन्न

इसान कागेश्वरी नगर समितिको एकदिने शिक्षक तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पुस २।

संस्थागत विद्यालय संघ नेपाल (इसान) को कागेश्वरी नगर समितिले २०७९ पुष २ गते शनिबार पूर्व प्राथमिक तहका शिक्षकहरूलाई एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कागेश्वरी मनहरा नगरपालिकाको थलीमा रहेको व्यन्जन पार्टी प्यालेशमा आयोजित उक्त तालिम कार्यक्रममा इसान अन्तर्गतका विभिन्न ४० विद्यालयका १२० भन्दा बढी शिक्षकहरूको उपस्थिति थियो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै इसानका पूर्व अध्यक्ष परिषद्का अध्यक्ष राजकुमार श्रेष्ठले पूर्व प्राथमिक तहको पाठ्यक्रमका विशेषज्ञ त्यही तहमा शिक्षण गर्ने शिक्षक हुने कुरा थाहा हुँदाहुँदै पनि उहाँहरूको पुनर्ताजगी गर्नका लागि तालिम सहयोगी हुने बताए  ।

प्रमुख अतिथिको रूपमा बोल्दै इसानका अध्यक्ष मदनराज रेग्मीले तालिममा सिकेको कुरा कक्षाकोठासम्म पनि पुगोस् भन्दै शुभकामना दिएका थिए भने  कार्यक्रममा प्रशिक्षकद्वय द्रोण न्यौपाने तथा प्रतीक्षा पुलामीले पनि आफ्नो मन्तव्य राखेका थिए  ।

No description available.

इसानका केन्द्रीय तथा कागेश्वरी इसानका विभिन्न पदाधिकारीहरूको उपस्थितिमा सञ्चालित उक्त कार्यक्रममा कागेश्वरी इसानका अध्यक्ष कुमार अधिकारीले सभापतित्व गरेका  थियो भने कागेश्वरी इसानका सचिव दिनेश घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए  ।

इसान कागेश्वरीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक यादव घिमिरेले स्वागत मन्तव्य दिँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । तालिममा सहभागी सम्पूर्ण शिक्षकहरूलाई कार्यक्रम समापन समारोहमा प्रमाण-पत्र वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।