सेन्ट लरेन्स कलेज चावहिलमा रक्तदान तथा निःशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

सेन्ट लरेन्स  कलेज चावहिलमा  रक्तदान तथा निःशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौं मंगसिर २८ । काठमाडौंको चावाहिलमा रहेको सेन्ट लरेन्स स्कुल तथा कलेजले रक्तदान तथा निःशूल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।मंगलबार सेन्ट लरेन्स स्कुलमा भएको सो कार्यक्रममा १ हजार ५४८ जनाले निःशूल्क स्वास्थ्य परिक्षण गरेका छन् भने ६५ पिन्ट रगत संकलन भएको छ ।सेन्ट लरेन्स स्कुल तथा कलेजको सहयोगमा लायन्स क्लब अफ काठमाडौं युनाइटेट ग्रुपको व्यवस्थापनमा रक्तदान कार्यक्रम गरिएको हो भने काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल (केएमसी)को प्राविधिक सहयोग र लाइफ लाइन हेल्थ होम केयर प्राली (पोलिक्लिनिक एण्ड वेलसेन) पुल्चोकको सहयोगमा स्वास्थ्य शिविर गरिएको कलेजका अध्यक्ष केशवप्रसाद दंगालले जानकारी गराए ।

कलेजका अध्यक्ष दंगालले सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क  स्वास्थ्य परिक्षण र  रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।रगत अभावको समस्यालाई केही हदसम्म समाधान गर्न र स्वास्थ्य शिविर मार्फत रोगको पहिचान गरी निदानका लागि कार्यक्रम आयोजना गरिएको बताए उनले बताए।  कसैको  पनि रगतको अभाबमा ज्यान नजावोस भन्ने उदेश्य सहित रक्तदान गरिरहेको बताउने दंगालले    आफ्नो स्वास्थ्य कस्तो छ भनेर थाहा पाउनका लागि स्वास्थ्य परिक्षणको कार्यक्रम पनि गरिरहेको बताए  । यसप्रकारको काम सेन्ट लरेन्स कलेजले नियमित रुपमा गर्दै आइरहेको छ, प्रत्येक तीन तीन महिनामा रक्तदान कार्यक्रमपनि गर्दै आइरहेको छ । एकबर्षमा हामीले तीन देखि चार महिनाको फरकमा हामीले रक्तदान र स्वास्थ्य शिविरको काम गर्दै आइरहेको बताउदै दंगालले भने, यसबाट यस क्षेत्रका स्थानीयबासीका साथै विद्यार्थी र उनीहरुका अभिभावक लाभान्वित भइरहेका छन    ।

स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, प्रसुति तथा स्त्री रोग, हाड जोर्नी तथा नसा, बाल रोग, शल्यक्रिया सर्जरी, छाला रोग, आँखा परिक्षण तथा उपचार, दन्त सेवा, नाक कान घाँटी, भिडियो एक्स–रेका साथै ल्याव टेष्टको सेवा उलपलब्ध गराइएको कलेजका अध्यक्ष दंगालले जानकारी गराए ।सो स्वास्थ्य शिविरमा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने लायन्स क्लब अफ काठमाडौं युनाइटेट ग्रुपका पदाधिकारीहरुलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।कलेजका अध्यक्ष दंगालले सेन्ट लरेन्स स्कूल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सो स्वास्थ्य शिविरको आयोजना गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।