मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखा द्वारा आयोजित महिला अधिकार : मानव अधिकार बिषयक अन्तरक्रिया सम्पन्न

मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखा द्वारा आयोजित महिला अधिकार : मानव अधिकार बिषयक अन्तरक्रिया सम्पन्न

कपन अनलाइन

काठमाडौं मंगसिर २८ । महिला अधिकार : मानव अधिकार’ भन्ने उद्घोषसहित मानवअधिकार तथा शान्ति समाजले विशेष अभियान शुरु  गरेको छ । ७४औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस ( १० डिसेम्बर) का अवसरमा मंसिर २४ गते १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै समाजले अभियानको थालनी गरेको महासचिव रामकृष्ण बरालले जनाएका छन् । उनका अनुसार महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं महिला सशक्तीकरणमा केन्द्रित रही थालिएको यो अभियान निरन्तर चल्नेछ ।

अभियानअन्तर्गत मंसिर २४ गते मानवअधिकार तथा शान्ति समाज काठमाडौं   शाखाले महिला अधिकार : मानव अधिकार बिषयक अन्तरक्रिया  कार्यक्रम आयोजना गरेको थियो।  उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  लगायत मानवअधिकार तथा शान्ति समाजका पदाधिकारी सहित स्थानीयको सहभागिता रहेको थियो ।

अभियानअन्तर्गत मंसिर २४ गते समाजका जिल्ला शाखाहरुले रुपन्देहीको बुटवल, चितवनको भरतपुर, पाल्पाको तानसेन, सल्यानको खलंगा, कैलालीको टीकापुर, मोरङको विराटनगर, अछामको मंगलसेन, संखुवासभाको खाँदवारी, बागलुङ सदरमुकाम, नुवाकोटको बट्टार, महोत्तरीको जलेश्वर, बाँकेको नेपालगन्ज, अर्घाखाँचीको सन्धिखर्क र झापाको धुलाबारी गरी १४ जिल्लामा प्रदर्शन गरेका थिए । समाजको काठमाडौं, सुर्खेत, गोरखा र दाङ शाखाले अन्तर्क्रिया आयोजना गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।