काठमाडौं क्षेत्र नं ३ सरस्वती नगर मा नेकपा एमालेको टोल भेला सम्पन्न

काठमाडौं क्षेत्र नं ३ सरस्वती नगर  मा नेकपा एमालेको टोल भेला सम्पन्न

कपन अनलाइन

काठमाडौँ मङ्सिर १ ।  नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ सरस्वती नगर टोल काठमाडौं महानगरपालिका वडा नं ६ मा टोल भेला सम्पन्न  भएको छ   प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन परिचालन कमिटि काठमाडौं महानगरपालिका वडा नं ६ द्वारा  वेलकम पार्टी प्यालेसमा आयोजित उक्त भेलामा नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य हरिबोल बोगटीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा  नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि  सभा सदस्यका उम्मेदवार कृष्ण बहादुर राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा काठमाडौं क्षेत्र नं ३ प्रदेश १ का उम्मेदवार चन्द्रमान लामा  कामपा ६ का पुर्व वडा अध्यक्ष  तथा सरस्वती टोल सुधार समितिका अध्यक्ष नेपाल जित लामा लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो  कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि  सभा सदस्यका उम्मेदवार कृष्ण बहादुर राइ र  काठमाडौं क्षेत्र नं ३ प्रदेश १ का उम्मेदवार चन्द्रमान लामाले  नेकपा एमालेका उम्मेदवारलाइ बिजयी गराउन मतदातालाई अनुरोध गरेका थिए   उनीहरुले नेकपा एमाले देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताएका थिए ।

उनीहरुलेएमाले  लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिस्ट आन्दोलनको मूलधार भएको जनाउँदै सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रुपले समृद्ध र उच्चस्तरको नेपालको परिकल्पना गरेको  बताएका थिए । नेपाली जनताको सच्चा प्रतिनिधि’ एमालेभएको बताउदै देश बिकासको लागि पनि नेकपा एमालेलाइ जिताउनुपर्नेमा जोड दिएका थिए ।

साथै मतदाताहरुलाई मत हाल्ने तरिका सिकाउदै नेकपा एमालेले शिर झुक्ने काम नगर्ने भन्दै मतदातालाइ नेकपा एमालेका उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गर्न अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।