पहिरो प्रभावित क्षेत्रमा खट्न एमाओवादीको निर्देशन

काठमाडौँ, २९ जेठ । एकीकृत नेकपा (माओवादी)ले ताप्लेजुङका विभिन्न गाविसमा गएको पहिराका कारण जनधनको क्षति भएकाले राहत तथा उद्धारमा खट्न स्थानीय पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।

यही जेठ २७ गतेको अविरल वर्षाले निम्त्याएको पहिराका कारण सो जिल्लाका खालिबाङ, खोक्लिङ, लिङगटेप, थिङलाबु, सान्थाक्रा, मामाङखेलगायत गाविस प्रभावित भएको छ । ती क्षेत्रका पीडित जनताको सेवामा खट्न स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको पार्टी प्रवक्ता दीनानाथ शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बिचल्लीमा परेका जनताको उद्धार र विपत् व्यवस्थापनमा लाग्न, बेपत्ता जनताको खोजीमा सक्रियतापूर्वक लाग्न र सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा पहल गर्न सरकारसँग माग गर्दै प्रवक्ता शर्माले मृतक परिवारलाई राज्यका तर्फबाट उचित क्षतिपूर्तिको व्यवस्था, घरवारविहीनका लागि बसोबास र घाइतेको अविलम्ब उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।