लायन्स क्लब अफ काठमाडौं मनहराले मधुमेह सचेतना परिक्षण तथा रक्तदान कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौं,कात्तिक २७ । विश्व मधुमेह दिवसको अवसर पारेर सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेको लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए१ अन्तरगतको लायन्स क्लब अफ काठमाडौं मनहराले मधुमेह सचेतना र्याली, मधुमेह परिक्षण तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं ६ नारायणटार स्थित शंकरापुर अस्पताल प्रांगणमा बिहान ८:३० बजे देखि अपरान्ह १:३० बजे सम्म हुने रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।
गोकर्णेश्वर नगरपालिका र शंकरापुर अस्पताल संगको सहकार्यमा लायन्स क्लब अफ काठमाडौं मनहराले सोहि स्थानमा सात दिने नि:शुल्क मधुमेह परिक्षण गरिने समेत आयोजकले जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।