राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नं ३ को घरदैलो जारी…..

कपन अनलाइन

काठमाडौं, कात्तिक २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्षेत्र नं ३ मा  चुनावी प्रचारप्रसार र घरदैलोलाइ तीब्र बनाएको  छ ।  बिहिबार गोकर्ण अत्तरखेलको  घरदैलोमा भेटिएका नेता, कार्यकर्ता तथा मतदाता उत्साहि देखिन्थे । पर्चा, पम्प्लेट बाड्दै तथा चुनाव चिन्ह हलोमा भोट माग्दै टोल टोलमा राप्रपाका उम्मेदवारहरुघर घर टोल टोल  पुगिरहेका छन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेल अध्यक्ष भएपछि उत्साहित बनेको राप्रपको अवस्था गोकर्णेश्वरमा  निकै सुधार भएको पाइएको छ ।

राप्रपाका स्थानीय नेता कार्यकर्ता उत्साहपूर्वक मत मागीरहेका छन् भने जनमत पनि राप्रपाको पक्षमा बढीरहेको  उनीहरुको दावी रहेको छ।राप्रपा का नेता तथा काठमाडौं क्षेत्र नं. ३  की प्रतिनिधि सभा सदस्य उम्मेदवार गणेश गिरिले काठमाडौं क्षेत्र नं ३ प्रचारप्रसार गर्न सके पर्यटकीय दृष्टीले निकै सम्भावना रहेको बताउदैँ यसको प्रर्वद्धन गर्न पहल गर्ने बताएका छन । पटक-पटक चुनाव जितेर काम नगर्ने उम्मेदवारलाई बिदाइ गर्नुपर्ने उनको धारणा रहेको छ  ।  चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का नबुझ्ने  नेताहरूलाई यसपटक मतदाताले विस्थापित गर्ने उनको अपेक्षा ब्यक्त गरेका छन  ।

काठमाडौं क्षेत्र नं ३ को  समग्र विकासको जिम्मा लिन राप्रपा  तयार रहेको बताउदै  त्यहाको स्वास्थ्य, शिक्षा र खानेपानी लगायतको समस्या समधानमा प्रतिवद्ध भएर लाग्ने  बताएका छन । राजनीति पेशा नभई  समाजसेवा भएको बताउने उम्मेदवार गिरिले  आफू समाजसेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर रहने पनि बताएका छन ।

नेता गिरिले आफूलाई हार र जितको मतलव नभएको भन्दै आगामी ५ वर्ष काठमाडौं-३  का जनताका लागि काम गर्ने  समेत उनले प्रतिबद्धता जनाएका छन  ।प्रतिनिधि सभा उम्मेदवार गिरिले आफूहरुको जित सुनिश्चित भइसकेको दावी गर्दै  सनातन हिन्दु धर्म जोगाउनका लागि राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न आग्रह  गरेका थिए ।काठमाडौं क्षेत्र नं ३को गोकर्णेश्वर नगरपालिकाका अत्तरखेल बेसिगाउ लगायतमा भएको घरदैलो कार्यक्रम प्रतिनिधि सभाका उम्मेदवार अधिवक्ता गणेश गिरी र प्रदेश (ख) का उम्मेदवार कमल सुनार सहित राप्रपाका क्षेत्रीयस्तरका नेता कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।