शिक्षा र स्वास्थ्य क्षेत्रमा यस्तो छ प्रदेश सभा उम्मेदवार छिरिंग दोर्जे लामाको प्रतिबद्दता

कपन अनलाइन

काठमाडौँ, कात्तिक २१ ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश (१) का उम्मेदवार छिरिंग दोर्जेलामाले शिक्षा र स्वास्थ्यमा निम्न काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।उनले शिक्षामा निम्न प्रतिबद्धता ब्यक्त गरेका छन ।

१)  सामुदायिक बिद्यालय शिक्षाको स्तरोन्नति गर्न बिभिन्न प्रादेशिक योजना सहित शिक्षाका लागि नयाँ योजना लिएर आउन बिशेष पहल गर्ने  त्यसका लागि स्थानीय निकाय देखि केन्द्र सम्मको समन्वयकारी भूमिका निर्वाह गर्ने  प्रतिबद्दता ब्यक्त गरेका छन ।

२) संस्थागत बिध्यालय संग आवश्यक सहकारी र समन्वय गरि शैक्षिक साक्षरताको वृत्ति विकास गर्न बिशेष पहल गर्ने  प्रतिबद्धता  ब्यक्त गरेका छन ।

३) बिपन्न  तथा लक्षित समुदायलाइ प्रादेशिक सरकार बाट छात्रवृत्ति तथा अन्य शैक्षिक प्याकेज प्रत्यायोजित गर्न निरन्तर पहल गर्ने पनि प्रतिबद्धता ब्यक्त गरेका छन ।

४) शैक्षिक गुणस्तर विकास  र नेतृत्व अभिवृद्धिका लागि बागमती प्रदेश सभामा बिशेष पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

त्यसै गरि स्वास्थ्य क्षेत्रमा निम्न प्रतिबद्धता ब्यक्त गरेका छन ।

१) नागरिकको स्वास्थ्यलाइ ध्यानमा राख्दै हरेक वडामा अव्यवस्थित स्वास्थ्य चौकी मार्फत स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराई अग्रज र ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा निशुल्क हुने कुरामा  जोडदार आवाज उठाउने ।

२) ज्येष्ठ नागरिकका  लागि स्वास्थ्य चौकी र अस्पताल  पुग्नुपर्ने असहजतालाइ ध्यानमा राख्दै बेला बेलामा गर्नुपर्ने परिक्षणएबम हरेक ६ महिनामा आधारभूत स्वास्थ्य परिक्षणको व्यवस्था मिलाई घर घरमै सेवा दिने व्यवस्था मिलाउन प्रतिबद्द रहेको जानकारी गराएका छन ।

३) त्यसै गरि गरिब तथा बिपन्न परिवारलाइ सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गर्ने रहेको छ । लामा बागमती प्रदेशका निवर्तमान सांसद  समेत हुन ।उनले अघिल्लो कार्यकालमा प्रदेशको नीति निर्माण र कानुन निर्माणमा उल्लेखनीय भूमिका खेलेका थिए ।

तपाइँको प्रतिक्रिया ।