वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र प्रणवको जोडी फाइनलमा

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र प्रणवको जोडी फाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २१ । प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाएका हुन् ।

प्रदीप र प्रणवको जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्ने छन् ।

ऋतिक र निशानको जोडीले सेमिफाइनलमा केशव गौचन र सौरभ पन्तको जोडीलाई ६-१ र ६-१ ले पाखा लगाएको थियो ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ६-२ र ६-२ ले हराएर फाइनलमा स्थान बनाएका छन् ।

यसै स्पर्धामा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीले फाइनलको यात्रा तय गरेका छन् । निरेश श्रेष्ठ र बिजय मान तुलाधरको जोडी रिटायर्ड हर्ट भएपछि सन्तोष र सिमान्तको जोडी फाइनल पुगेका हुन् ।

यू-८ गर्ल्समा सारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गरेकी छिन् । साराले सेमिफाइनलमा निम्ति कुवर र थियाले प्रकृति ज्ञवालीलाई हराईन् ।

यू-१० ब्वाइजमा सुजन कुइकेल र युभेन मन श्रेष्ठले फाइनलमा स्थान बनाएका छन् । यू-१० गर्ल्समा मेरिषा थापा र साल्भी शेरचनले फाइनलमा भेट पक्का गरेकी छन् ।

यू-१२ गर्ल्समा स्वस्तिका विष्ट र सिभाली गुरुङले फाइनलमा स्थान बनाए ।यू-८ ब्वाइजमा आर्यश राज पौडेल, अरित मल्ल, भिदान्त चालिसे र सभ्य जंग कार्कीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

यू-९ ब्वाइजमा अरित मल्ल, सुजन कुइकेल, अर्याश राज पौडेल र विश्व विशेष डल्लाकोटीले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।

यू-९ गर्ल्समा सर्भाना गुरुङ, जेनिसा ज्ञवाली, सारा पन्त र अनुश्री धोजुले अन्तिम चारमा स्थान बनाएका छन् ।

यू-१२ ब्वाइजमा असभ सम्राट हाडा, स्पन्दन उदास, अद्रित नेपाल र बृजेश अर्यालले सेमिफाइनलमा स्थान बनाएका छन् ।

यू-१४ ब्वाइजमा निशद जोशी, आयुष्मान घले, दर्शिल श्रेष्ठ र बोरिस अधिकारीले अन्तिम चारको यात्रा तय गरेका छन् ।

यू-१४ गर्ल्समा सुनीरा थापा, नाला मास्के, सिभाली गुरुङ र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान बनाएका छन् ।

४५ वर्ष माथिको पुरुष डबल्समा कृष्ण घले र महेश श्रेष्ठको जोडी, शिव सेढाई र हिमाल शाहको जोडी, सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी तथा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

५५ वर्षमाथि पुरुष डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडी, हिमाल शाह र जोली तार्गेनको जोडी तथा निरन्जन कुमार श्रेष्ठ र राम रानाको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ ।

प्रतियोगिता महिला/पुरुष एकल विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ ।

महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउने छन् ।

पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाउने छन् ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने छन् ।

४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार पाउने छन् । ५५ वर्षमाथिका एकलले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।

५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार पाउने छन् । ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउने छन् ।

तपाइँको प्रतिक्रिया ।