काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसे : व्यवहारमा सालिन राजनीतिमा शशक्त

काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसे : व्यवहारमा सालिन राजनीतिमा शशक्त

कपन अनलाइन

काठमाण्डौ,कार्तिक १७।

काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका सन्तोष चालिसे अहिले जनता संग साक्षात्कार कार्यक्रममा निकै व्यस्त रहेका छन।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएर ५ वर्ष योगदान पुर्याएका चालिसे यस पटक भने प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन।

जनता संगको सम्पर्क र संचारमा निकै सालिन रहेका चालिसेको राजनीतिक इतिहास भने निकै शसक्त देखिएको छ। सघन जनसम्पर्क र सजिलै उपलव्धता जस्ता पक्षहरुमा बलियो देखिएका चालिसे लामो समय देखि काठमाण्डौ क्षेत्र नं ३ को राजनीतिक एबम सामाजिक आन्दोलनमा सक्रिय रहदै आएका छन।

गोकर्णेश्वर नगरपालिका प्रमुख रहँदा फोहोरमैला व्यवस्थापनमा अत्याधुनिक प्रविधि जडान गर्दै नगरपालिकालाई अग्रणी स्थानमा राख्न सफल बनेका चालिसे २०३८ र २०४३ सालमा साविक जोरपाटी गाउँपंचायतमा वडा अध्यक्ष समेत रहेका थिए।

करिव ५ दशक प्रत्यक्क्ष जनताको सेवामा रहेका उनले २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा साविक जोरपाटी गाविसको उपाध्यक्षमा विजयी हाशिल गरेका थिए।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३  को सभापति रहेका चालिसेले आफ्नो नगर प्रमुख रहेको कार्यकालमा ९ वटा वडा कार्यालय भवन निर्माण गरेको बताउदै जनताले आफुलाई संसदमा जाने अवसर प्रदान गरेमा सक्रिय र शशक्त जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

वडा अध्यक्ष , गाविस उपाध्यक्ष ,नगरपालिका प्रमुख हुदै सांसद बन्ने दौडमा रहेका चालिसेको आगामी राजनीतिक भविष्य भने मंगसिर ४ गते काठमाण्डौ क्षेत्र नं ३ का जनताले निर्णय गर्नेछन।

तपाइँको प्रतिक्रिया ।