कुसुम कुमार कार्कीको चस्मा मोह

कुसुम कुमार कार्कीको चस्मा मोह

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ४

यो संसारमा हरेक मानिसका आ आफ्ना सोख हुन्छन झन् यो शिलशिलमा विस्वका नेताहरु निकै अगाडी रहेका छन । जस्तै जर्मनका तानशाह हिटलर लाई कार्टुन बनाउने सोख थियो भने मृत्यु भएका आंतकवादी नेता ओसामा विन  लादेन भलिवलका निकै शौखिन थिए ।

नेपालका नेताहरुमा पनि कृष्ण प्रसाद भट्टराई न्यु रोडको पत्रिका पान अनि कालिकास्थानको चियाको सौखिन थिए ।अहिलेका नेताहरुमा पनि प्रचण्ड मिलाएको जुँगा राख्ने सोख राख्छन भने केपी ओली उखान टुक्का संकलन गर्न र आफ्ना संम्बोधनमा तिनको प्रयोग गर्ने गर्दछन ।त्यस्तै माधव नेपाल फोटोका सौखिन हुन् उनि जहाँ जादा पनि फोटो खिचेर सग्रह गर्दछन ।

त्यस्तै सद्दाम हुसेनलाई टिभीमा तथ्यपरख कार्यक्रम हेर्ने ठुलो शोख थियो भने स्टालिन एकदमै दन्केको आगो अगाडी बसेर चिसो पेय पदार्थ पिउने सोख राख्दथे ।

यी त् विस्वका केहि नेताहरुको सोख भयो तर यहाँ हामि कुनै रास्ट्रिय वा अन्तरास्ट्रिय नेताको चर्चा गरिरहेका छैनौ ।यस सामग्रीमा हामी बाम गठवन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्कीको एउटा सोखको वारेमा चर्चा गरिरहेका छौ ।

कुसुम कुमार कार्की चस्माको निकै सोख राख्ने स्थानीय नेता हुन् जो हरेक औपचारिक अनौपचारिक कार्यक्रमहरुमा आँखामा चस्मा सहित उपस्थित भएका हुन्छन ।उनि पार्टीका बैठक वा अन्य कार्यक्रममा फरक फरक किसिमका चस्मा (गगल्स ) लगाएर उपस्थित भएका हुन्छन ।उनको यो चस्मा प्रयोगको क्रम निकै अगाडी देखि सुरु भएको हो ।उनि जुनसुकै कार्यक्रम वा भ्रमण मा रहदा पनि चस्मा कहिल्यै छुटेको हुदैन।

२०४९ शालमा साविक महांकाल गाविसको उपाध्यक्ष निर्वाचित भएको समय वा भनौ त्यो भन्दा अगाडी देखि उनी चस्माको प्रयोग गर्ने सोख राख्ने गरेको उनि संग लामो समय देखि सहकार्य  गरेका स्थानीय नेता धुर्व रिमालले बताए । हरेक मानिसका केहि पृथक सोख हुन्छन त्यसकै शिलशिलमा कार्कीको पनि चस्माको सौख रहेको उनले बताए ।

अहिले निर्वाचनमा मत माग्ने दौरान बाहेक हरेक कार्यक्रम र अन्य भेटघाटमा चस्मा सहित उपस्थित हुने कार्की नेपाल ह्युम पाइप एसोसियसन र हिमनदी पर्यटन सहकारीका समेत अध्यक्ष हुन् ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।