काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापा र डा.राजन भट्टराईको पश्चगामी प्रहसन…..

काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापा र डा.राजन भट्टराईको पश्चगामी प्रहसन…..

कपन अनलाइन
काठमाडौं, कात्तिक १६।

मंगसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ को  चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई विच विगतको कामको स्वामित्व लिने हास्यास्पद प्रतिस्पर्धालाई पश्चगामी प्रहसन भनेर टिप्पणी हुन् थालेको छ।

नेपाली राजनीतिका दुई प्रभावशाली युवा नेताहरु चुनावी मैदानमा आउँदा क्षेत्रको आगामी चित्र र भावी विकासका मुद्दाहरुमा जमेर बहस होला भन्ने आशा र विस्वास लिएका काठमाण्डौ क्षेत्र नं ४ का जनताहरु अहिले हरेक पल पलमा विगतमा भएका काम र योजनाहरुको वारेमा दुई नेताको घासे दोहोरी हेर्दा हेर्दा निकै वाक्क दिक्क भएको अनुभूति गर्न थालेको चर्चा व्यापक बनेको छ।

अझ निर्माण सम्पन्न नभएको धोवीखोला कोरिडोर जस्तो योजनाका वारेमा दुई नेता र उनीहरुका  आसेपासे हरुले गरेको स्वामित्व लिने प्रयासलाई त क्षेत्र नं ४ मा प्रहसनको संज्ञा समेत दिन थालिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा सयौ मुद्दाहरु हुँदा हुदै पनि विगत तिर फर्केर अहिले भैरहेको दावी र विरोध हेर्दा निकै टिठ लाग्दो अनुभुति हुने गरेको क्षेत्रवासीहरुले बताउन थालेका छन भने बौद्धिक वर्गमा समेत यसले नैरास्यता उत्पन्न गरेको छ।

यस पटकको चुनावमा आफ्नो मुद्दा उम्मेदवारहरुले उठाउन भनेर बसेका मध्यवर्ती क्षेत्रका निकुन्ज पिडित जनता,वर्षौ डुवानले पिडित बनेर थातथलो नै छोड्ने मनस्थितिमा पुगेका स्थानीयहरु,एउटा उच्च शिक्षा हाशिल गर्ने राम्रो सार्वजनिक शिक्षालय नभएर चर्को शुल्क तिरेर निजिमा पढ्न बाध्य विद्यार्थीहरु,क्षेत्र भरी व्यवस्थित बसपार्क नभएर ट्राफिक आमचकारी गाली खान बाध्य सवारी चालक, ताला लागेका केहि सार्वजनिक सौचालय हेर्दै चरम शारीरिक पिडा खपेर दौडदै गरेका पिडितहरु,आगलागी हुँदा घरको पर्खाल भत्काएर दमकल छिराउन बाध्य बनेकाहरु सहित दर्जनौ समस्याको चाङ्गमा उभिएर नेताहरुको  प्रहसन हेर्न बाध्य बन्नु काठमाण्डौ क्षेत्र नं ४ को नियति बनेको निकै लामो  समय भैसकेको छ।

त्यति मात्र हैन कपन जोरधाराको बोरिङ्ग सुक्दा मासिक बजेट कटाएर ट्यांकरको पानी किन्न बाध्य बनेका स्थानीयहरु मात्र हैन आफ्नो इज्जत र पहिचान संग जोडिएको मन्दिर कुनै गुम्बा भित्र लुक्दा समेत टुलुटुलु हेर्न बाध्य बनेका कपनवासी, धोवीखोला घर भित्र पसेर जन धनको नास हुँदा समेत सहन विवश स्थानीयहरुले पनि यस पटक यि ज्वलन्त मुद्दाहरुका वारेमा खुल्ला बहसको अपेक्षा गरेपनि कमेडी च्याम्पियनको झल्को दिने गरी अहिले भैरहेको पश्चगामी प्रहसन हेर्न बाध्य हुनुपरेको छ।

भवितव्य परेर कही कतै आगलागी हुँदा पानी भर्ने एउटा पोखरी समेत निर्माण हुन् नसकेको काठमाण्डौ क्षेत्र नं ४ मा रहेको सुवर्ण शमशेर क्रिकेट मैदानको अलपत्र अवस्थाले उम्मेदवारहरुलाई निकै पोल्छ होला भनेर अनुमान गरेका क्षेत्रवासीहरुको मन छुने मुद्दाको खडेरी झैँ परेको अवस्थामा अझै विगतका झैँ फण्डा र हत्कण्डा कति आउने हुन् त्यो भने केहि दिनमा नै अवस्य देखिने नै छ।

सात भन्दा बढी सामुदायिक बन र रास्ट्रिय निकुञ्ज रहेको काठमाण्डौ क्षेत्र नं ४ मा एउटा बनभोज स्थल समेत नभएर नगरकोट र धुलिखेल हुइकिनुपर्ने काठमाण्डौ क्षेत्र नं ४ का जनताले उम्मेदवारहरु विच अहिले चलेको पश्चगामी प्रहसनलाई कसरि लिने हुन् त्यो भने लगभग  मंगसिर ७ गते सम्म प्रस्ट हुने देखिन्छ।

 

तपाइँको प्रतिक्रिया ।