Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/10/313359814_565924825461457_6397358387501675848_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/10/313203658_5507661579325796_458161475408275147_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ मा नागरिक संग उम्मेदवार अभियान तिब्र

कपन अनलाइन

काठमाडौँ,कात्तिक १३ । नेपालीहरुको महान चाड दशैँ तिहार सकिए संगै आउन लागेको अर्को राष्ट्रिय पर्व  आम  निर्वाचन सबैतिर चर्चाको विषय  बनेको छ । यसका निम्ति निर्वाचन आयोगलगायत सबै सरकारी निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण गतिमा अगाडि बढाइरहेका छन् ।

 निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा ब्यस्त भएका छन  । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन  बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाटमा व्यस्त  भएका हुन ।   बिभिन्न राजनीतिक दल र  स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाता संग भेटी आफ्नो पक्षमा मत मागिरहका छन ।

 त्यस्तैमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ले पनि बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाट तिब्र बनाएको प्रचार प्रसार संयोजक हरिबोल भण्डारीले जानकारी दिएका छन ।    उनका अनुसार अहिले क्षेत्रले नागरिक संग उम्मेदवार कार्यक्रम अन्तर्गत टोल टोलमा उम्मेदवार सहित  मतदाता भेटघाट गरि  आफ्नो कुरा सुनाउन र मतदाता संग सुझाब संकलनको काम भइरहेको जानकारी गराएका छन ।

 नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार सन्तोष चालिसेले मतदाता भेटघाट कार्यक्रम प्रभावकारी बनिरहेको  बताएका छन । आफू पहिलो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएकोले  मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन भेटघाट गरिरहेको  बताएका छन  ।  अहिले आफूले मतदाता तथा समाजका अगुवा व्यक्तिलाई भेटेर आफ्नो विचार तथा  मुद्दा  सुनाएको  चालिसेले बताएका छन  ।

प्रतिनिधिसभाका उम्मेदवार मात्र होइन, प्रदेशसभाका उम्मेदवार पनि मतदाता भेटघाट कार्यक्रममा व्यस्त  बनेका छन । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ मा प्रदेश १मा छिरिंङ दोर्जे लामा र प्रदेश २ मा बिमल ठकुरी उम्मेदवार रहेका छन ।   उम्मेदवारले चुनावी सभा, सम्मेलन गर्नेभन्दा पनि मतदातालाई व्यक्तिगत रूपमा भेटेर मनाउने प्रयास गरिरहेका  छन् । विगतमा चुनावी सभा, भेला तथा अनेक प्रचार शैली अपनाएका उम्मेदवार यसपटक मतदातालाई भिन्न शैलीमा  प्रस्तुत भइरहेका छन  ।

तपाइँको प्रतिक्रिया ।