विद्यार्थी संघठनको चेतावनी: भोलिसम्म सहमति नभए आन्दोलन  

कपन अनलाइन ,काठमाडौँ जेठ-२७ /  संस्थागत विद्यालयहरुले  बढाएको शुल्कको विषयमा  शिक्षा विभाग सँग भएको सहमति पालना गर्न र विनाशकारी भूकम्पका कारण एक महिना पढाइ अवरुद्ध भएकोले त्यस समयको शुल्क नलिन विद्यार्थी संगठनहरुले  विद्यालय हरुलाई चेतावनी दिएका छन।

lock

देशै  संकटमारहेको बेला  निजि विद्यालयहरुले पढाइ नै नभएको समयको शुल्क अशुल्ने काम शिक्षा प्रदायक  संस्थालाई समेत अशोभनीय काम हो।  भन्छन् अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला अध्यक्ष जीपी  चौलागाई, उनले थपे  हामी शिक्षा विभाग, पप्याब्सन,एन प्याब्सनका प्रतिनिधीहरु सँग छलफल गरिरहेका छौं वहाँहरू सकारात्मक देखिनु भएको छ ।

यसैबीच  अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्ष प्रमोद गिरिले भने छलफल बाट निकास निकाल्ने हाम्रो प्रयास जारी छ,  यदि भोलि सम्म   विद्यालय संचालक हरु यस मुद्दामा सकारात्मक रूपमा प्रस्तुत हुनु भएन भने संयुक्त आन्दोलनको विकल्प छैन ।

तपाइँको प्रतिक्रिया ।