भूकम्पपीडितको सहयोगका लागि पाटनबाट शनिवार दौड हुने
काठमाडौँ, २७ जेठ । भूकम्पपीडितको सहयोगका लागि “रन फर नेपाल” नामक दौड प्रतियोगता सञ्चालन हुने भएको छ ।
युवा सञ्जाल, द ह्वाइट जोन नेपाल र विकास तथा शान्तिका लागि युवा साझेदारी नामक संस्थाको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको उक्त दौड यही जेठ ३० गते शनिबार हुने सम्यक अभियानका अध्यक्ष भूषणप्रतापकुमार प्रसाईंले जानकारी दिए ।
उनि भन्छन उक्त प्रतियोगिताको दर्ता शुल्क र टि–सर्ट बिक्रीबाट सङ्कलन हुने रकम गत वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त घर, स्कुल र खानेपानीलगायतको क्षेत्रको पुनःनिर्माण कार्यमा सहयोग गर्नेे छौ ।
करिब पाँच सय खेलाडीले भाग लिने अनुमान गरिएको उक्त एकदिने दौड प्रतियोगिता पाटनको दरबार स्क्वायरबाट सुरु भई काठमाडौँ दरबार स्क्वायरमा आएर सम्पन्न हुनेछ । बिहान ७ बजेदेखि सुरु हुने दौड पाँच किलोमिटरको हुनेछ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले पुरस्कारसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।