मापसे : अवतार ढकाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ५ ।
राती दस बजेतिर, मुख्य सडकमा केही समय गुडेपछि उनले स्कुटीको गति ढीला गरिन् । अगाडि ट्राफिक पुलिस थियो । उसले रोक्ने इसारा गरेपछि उनले रोकिन् र ठिक पछाडि मैले पनि ।
उनको मुखनजिकै मुखल्याउँदै हातमा ब्रेथलाइजर बोकेको ट्राफिक मुस्काउँदै बोल्यो, ‘म्यामहा……… गर्नु त ।’
उनले ‘हा……….।’ गरिन् । उसले त्यहीप्रक्रियातीन पटक दोहोर्यायो र प्रत्येक पटक आफ्नो मुखउनको मुखनजिकै लग्यो ।
‘जानुस् म्याडम । दुःखदिनु
परेकोमा सरी । माइण्ड नगर्नु होला ।’
मुस्कान सहितको सेवादिंदै भन्यो ।
उनले अलिक पर गएर स्कुटी साइड लगाइन्, मलाइ कुर्न ।
‘सर, हा……… गर्नु त ।’ उसले दाँत देखाउँदै भन्यो ।
‘किनहा……?त्यसको के काम?’ मैले रीस पोख्दै भनें ।
‘यो त देखाउनमात्र । कामगर्दैन ।’ उसको जबाफ ।
‘हा………………।’ उसको फोक्सोमै पुग्ने गरि मैले फुकिदिएँ ।
‘मापसे गरेर बाइकचलाउने ? खै चाबीदिनुहोस् ।’ ऊ जङ्गियो । ‘अनि उनलाई चाहिँकिन छाडेको ?’ मैले उनीतिर औंला देखाएँ ।
‘उहाँले मापसे गर्नु भको छैन, त्यसैले ।’ उसले भन्यो ।
‘ए, हो ?हामी एउटै पार्टीमा सँगै रक्सी खाएर आउँदै छौं । उनी मेरी श्रीमती ।’ मैले भनें ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
