ओखलढुंगा एमालेको चुनावी अभियानमा यज्ञराजलाई किशोरको दरिलो साथ ….
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ५।
ओखलढुंगा जिल्लाको चुनावी अभियानमा नेकपा एमालेका दुई केन्द्रीय सदस्यहरु एक साथ देखिए संगै कार्यकर्ता तथा जनताहरुमा निकै उत्साह छाएको चर्चा हुन् थालेको छ।
लामो समय आन्तरिक विवाद रहेको भनिएको नेकपा एमाले ओखलढुंगाका दुई केन्द्रीय सदस्य किशोर अधिकारी र यज्ञराज सुनुवार एकमत र एकतावद्ध भएर जनत संग मत माग्न मैदानमा आए संगै ओखलढुंगा एमालेको चुनावी अभियान प्रभावशाली बन्दै गएको एक जिल्ला सदस्यले बताएका छन।
ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका यज्ञराज सुनुवारलाई प्रदेस नं १ को समानुपातिक सुचिमा रहेका किशोर अधिकारीले दरिलो साथ दिए संगै नेकपा एमाले एकतावद्ध बनेको बताउदै ति जिल्ला सदस्यले २०७४ सालको इतिहास पुन एकपटक दोहोराउने दावी गरेका छन।
ओखलढुंगा जिल्लाको प्रदेस सभा क्षेत्र नं १ मा अम्बिर बाबु गुरुङ र प्रदेस क्षेत्र नं २ मा ज्ञान बहादुर खड्का (जीबी ) लाई नेकपा एमालेल उम्मेदवार बनाएको छ।
