निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै कांग्रेस महामन्त्री गगन थापा विरुद्ध उजुरी …….

निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै कांग्रेस महामन्त्री गगन थापा विरुद्ध उजुरी …….

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ५ ।

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन कुमार थापाले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको छ।

काठमाण्डौ क्षेत्र नं ४ को उम्मेदवारका रुपमा निर्वाचन अभियानमा रहेका थापाले आफ्नो सामाजिक संजालबाट सम्प्रेसन गरेको डेंगु परिक्षण तथा उपचारका लागि निशुल्क सेवा प्रदान गर्ने संदेशले मतदाता र जनतालाई प्रभावित पारेको भन्दै प्रमुख  निर्वाचन अधिकृतको कार्यालय अन्तरास्ट्रीय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा उजुरी दर्ता भएको हो।

थापाले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै आज परेको उजुरीको दर्ता नं १ /२०७९/७/५ रहेको छ।

थापाले सामाजिक संजालमा राखेको सामाग्री :

तपाइँको प्रतिक्रिया ।